CDOLIVE.IN

  Thursday , January 18 , 2018 11:03PM


नयाँ वर्षको अवसरमा विश्व नेताले गरे वाचा

post_image
नयाँ वर्षको शुभकामना दिदै

3 जनवरी-नयाँ वर्ष 2018 को अवसरमा विश्वका नेताहरुले अलगअलग तरिकाले शुभकामना प्रकट गरेका छन्। चिनियाँ राष्ट्रपतिले आफूलाई ‘अन्तर्राष्ट्रिय नियमको रक्षक’ का रुपमा उभ्याएका छन् भने अमेरिकी राष्ट्रपतिले ‘मित्र, शत्रु र फेक न्युज’ का लागि पनि शुभकामना व्यक्त गरेका छन्। नयाँ वर्षको अवसरलाई विश्व नेताहरुले गत वर्षका मुख्य उपलब्धि र आगामी वर्षको मुख्य ध्येय प्रकट गर्ने अवसरका रुपमा पनि प्रयोग गरेका छन्। ‘सबै अन्तर्राष्ट्रिय मुद्दामा हाम्रो भनाइ राख्छौँ, बिआरआइ अघि बढ्छ’ चिनियाँ राष्ट्रपति सी जिनपिङले नयाँ वर्षको पूर्वसन्ध्यामा एक सम्बोधन गर्दै आफ्नो देशलाई अन्तर्राष्ट्रिय नियमहरुको रक्षकका रुपमा उभ्याएका छन्। आइतबार 10 मिनेट लामो सम्बोधन गर्दै उनले चीनले विज्ञानप्रविधि, रक्षा र कूटनीतिको क्षेत्रमा गत वर्ष हासिल गरेको उपलब्धिको चर्चा गर्दै अबको मुख्य मुद्दा मानिसको जीवनस्तर सुधार्नु भएको बताए। यसै वर्ष पार्टी महाधिवेशनमार्फत् अर्को कार्यकालका लागि निर्वाचित भएका सीको नेतृत्वमा रहेको चीन गएका केही वर्षमा विश्वव्यवस्थाको नेतृत्वकर्ताको रुपमा स्थापित हुँदै गएको छ।सी जिनपिङ-आफ्नो सम्बोधनमा सीले चीनमा खुलापन र सुधारका चार दशकको प्रशंसा पनि गरे। उनले आगामी वर्षमा देङ स्यायो पेङले सुरु गरेको यो अभियानलाई निरन्तरता दिने पनि बताए। उनले संयुक्त राष्ट्रसंघको सार्वभौमिकताको रक्षा गर्ने, जलवायु परिवर्तनसम्बन्धी मुद्दाहरुको पक्षमा लड्ने र आफ्नो वृहत् योजना बेल्ट एन्ड रोड इनिसियटिभलाई अगाडि बढाउने वाचा उनले गरे। ‘चीन एक जिम्मेवार विशाल राष्ट्र भएकाले विश्वका महत्वपूर्ण विषयहरुमा हामो धारणा हुने गर्छ,’ उनले भने। 2020 सम्ममा गरिबी उन्मुलन गर्ने लक्ष्यमा केन्द्रित हुन आह्वान गर्दै उनले भने, ‘जीवनस्तर उकास्ने हाम्रो काम थुप्रै ठाउँमा पर्याप्त भएको छैन। पार्टी संगठन, सरकार र सबै तहका कार्यकर्ताहरुको मुख्य ध्यान जनताको सुरक्षा हुनुपर्छ।’ ‘2018 अमेरिकाका लागि महान वर्ष हुनेछ’ उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ आफ्नो निजी क्लबमा विशाल पार्टी आयोजना गर्दै सन् 2017 लाई विदा गरेका छन्। उनले आगामी साल ‘शानदार वर्ष’ हुने भविष्यवाणी पनि गरेका छन्। गतवर्ष थुप्रै जलवायु तथा व्यापारिक मुद्दाहरुबाट हात झिकेका ट्रम्पले ट्विटरमार्फत् भने आफ्ना ‘मित्र र शत्रु’ सबैलाई नयाँ वर्षको शुभकामना दिएका छन्। ‘हाम्रो देश द्रूत गतिमा बलियो र चलाख बन्दै जाँदा म मेरो सबै मित्र, समर्थक, दुश्मन, घृणा गर्नेहरु, र यहाँसम्म कि बेइमान झुठा समाचार संस्थाहरुलाई नयाँ वर्षको शुभकामना दिन चाहन्छु। 2018 अमेरिकाका लागि महान वर्ष हुनेछ।’ उनले सामाजिक सञ्जालमा साढे तीन मिनेट लामो भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘हामीले नै आधुनिक विश्वलाई जन्म दिएका थियौँ र हामी नै अमेरिकी हातको शक्ति तथा सीपको सहयोगमा भोलिको संसारको आकार निर्धारण गर्नेछौँ।’ ‘अमेरिका र रुसबीच व्यवहारिक सहकार्य होस्’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँवर्षको पूर्वसन्ध्यामा अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई शुभकामना दिँदै दुई देशबीच ‘व्यवहारिक सहकार्य’ हुनुपर्ने बताएका छन्। भ्लादिमिर पुटिन-नले विश्वमा स्थायित्व कायम गर्न पनि रुस र अमेरिकाबीच रचनात्मक संवाद हुनुपर्ने बताए। त्यस्तै सिरियाली राष्ट्रपति बसर अल असदलाई पनि पुटिनले शुभकामना दिएका छन्। उनले असदलाई सहयोग जारी राख्ने वचन पनि दिएका छन्। पुटिनले चिनियाँ राष्ट्रपतिलाई पठाएको शुभकामना सन्देशमा रुस–चीन सहकार्यमा जोड इिएको छ। ‘भ्रष्टाचार, जातिभेद र आतंकवादबाट मुक्ति युवाको हातमा’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नयाँवर्षअघि शुभकामना दिँदै युवालक्षित कार्यक्रम सार्वजनिक गर्ने बताए। उनले यो वर्षको अन्तिम ‘मन की बात’ कार्यक्रममा मतदान योग्य उमेर पुगेका युवाहरुलाई ‘नवभारतका युवा’ भन्दै उनीहरुले भ्रष्टाचार, जातिभेद र आतंकवादबाट मुक्तिको आधार तयार गर्ने आशा व्यक्त गरे। नरेन्द्र मोदी-‘राष्ट्रवादीहरुसँग नझुकौँ’ फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले पनि नयाँवर्षको अवसरमा युरोपका नागरिकलाई ‘राष्ट्रवाद र सन्देहवादीहरुसँग नझुक्न’ आग्रह गरेका छन्। उनले बलियो युरोपबिना फ्रान्स सफल हुन नसक्ने बताए। पत्नी ब्रिजिटसँग म्याक्रोन-टेलिभिजनमार्फत् सम्बोधन गर्दै युरोपेली युनियनलाई अझ एकताबद्ध, अझ सार्वभौम र अझ लोकतान्त्रिक बनाउने वाचा पनि गरे। ‘हामीमाथि आक्रमण नभए आणविक हतियार चलाउँदैनौँ’ उता उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ वर्षको अवसरमा आफ्नो राष्ट्र आणविक शक्तिसम्पन्न राष्ट्र भएको घोषणा गरे। यद्यपि उनले आफूलाई ‘जिम्मेवार’ राष्ट्र भएको दाबी गर्दै आफूमाथि आक्रमण नभए सो हतियार कहिल्यै प्रयोग नगर्ने वाचा पनि गरे। किम जोङ-उन तर आणविक हतियारको स्वीच सँधै ‘आफ्नै डेस्कमा हुने’ बताउँदै उनले अमेरिकालाई चेतावनी पनि दिए।




Leave comment