CDOLIVE.IN

  Thursday , January 18 , 2018 11:04PM


अमेरिकाले पाकिस्तानमा सैन्य सहयोग रोक्ने निर्णय

post_image
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

वासिङटन 6 जनवरी-अमेरिकाले पाकिस्तानलाई दिदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ। आतंकवादको अन्त्य गर्नका लागि भन्दै विगत लामो समयदेखि अमेरिकाले पाकिस्तानलाई सैन्य सहयोग प्रदान गर्दै आइरहेको थियो । पाकिस्तानले अमेरिकाको उक्त लक्ष्य हासिंल गर्न नसकेको भन्दै अमेरिकाले सैन्य सहयोग रोक्ने निर्णय गरेको हो । पाकिस्तानले आतंकवादी संगठन हक्कानी नेटवर्क तथा अफगान तालिवानी माथि कार्वाही नगरेको आरोप अमेरिकाको छ । आगामी दिनहरूमा ती संगठनमाथि कार्वाही नगरेसम्म अमेरिकाले पाकिस्तानलाई सैन्य सहयोग नगर्ने घोषणा गरेको हो । अमेरिकाले पछिल्लो 15 वर्षमा पाकिस्तानलाई करिब 33 अर्ब अमेरिकी डलर भन्दा बढी सहयोग गरेको अमेरिकी विदेश मन्त्रालयले बताएको छ । पाकिस्तानले आतंकवादी संगठनहरू माथि कडा कदम अगाडी नबढाउँदा सम्म अमेरिकाले पाकिस्तानलाई सैन्य सहयोग रोक्ने अमेरिकी विदेश मन्त्रालयले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक विज्ञप्ती निकाल्दै पाकिस्तानमा रहेको आतंकवादको अन्त्यको लागी अमेरिकाले पाकिस्तानलाई गर्दै आइरहेको आर्थिक सहयोग रोक्ने गर्ने निर्णय गरेको बताए।





Leave comment