CDOLIVE.IN

  Thursday , January 18 , 2018 11:04PM


चीनमा डेढ लाखभन्दा बढीलाई भ्रष्टाचारको कारबाही

post_image
चीनमा भ्रष्टाचार विरुद्धको कारबाही

बेइजिङ 7 जनवरी- चीनमा गत वर्ष सन् 2017 भरीमा एक लाख 59 हजार 100 जनालाई भ्रष्टाचार विरुद्धको कारबाही भएको छ। उनीहरूलाई पार्टीको आचारसंहिता उलंघन गरेको र भ्रष्टाचार गरेको अभियोगमा कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको भ्रष्टाचार विरुद्धको केन्द्रीय निकायले जनाएको छ। उनीहरू एक लाख 22 हजार 100 वटा घटनामा संलग्न भएको र तीमध्ये 48 हजार 700 वटा घटना गरिबी निवारणसम्बन्धी थिए। हालै प्रकाशित एक सर्वेक्षणले 93.9 प्रतिशत जनता पार्टीको भ्रष्टाचार विरोधी कामबाट सन्तुष्ट भएको देखाएको छ। यसरी सन्तुष्ट हुनेहरूको मात्रा यसअघि सन् 2012 मा 75 प्रतिशत थियो।




Leave comment