CDOLIVE.IN

  Tuesday , October 23 , 2018 4:50AM


चीनसँग नजिक हुदै म्याक्रोन, ट्रम्पलाई काउन्टर

post_image
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन र चीनका राष्ट्रपति सित हाल मिलाउँदै

बेइजिङ 10 जनवरी - फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनको बेइजिङ भ्रमणका क्रममा चीनले 184 ओटा एयरबस अर्डर दिएको फ्रान्सेली अधिकारीहरुले बताएका छन्। ती एयरबस ए320 विमान चीनले आफ्ना 13 ओटा एयरलाइन्सका लागि किन्न लागेको बताइएको छ। यद्यपि सो सम्झौताको मूल्य सार्वजनिक गरिएको छैन। तर कम्पनीको मूल्यअनुसार करिब 18 अर्ब डलरको सम्झौता भएको हुनसक्ने जनाइएको छ। विमान 2019 र 2020 मा चीनलाई दिइसक्नुपर्नेछ। म्याक्रोनको तीन दिने राजकीय भ्रमण बुधबार सम्पन्न भएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङ र म्याक्रोनको उपस्थितिमा अनेकौँ व्यापारिक सम्झौताहरु भएका छन् तर तिनको पनि मूल्य सार्वजनिक गरिएका छैनन्। चीन विश्वकै दोस्रो ठूलो विमान उडान बजार हो। जसका कारण फ्रान्सेली एयरबस र अमेरिकी बोइङबीच तीव्र प्रतिस्पर्धा हुने गरेको छ। गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनभ्रमणका क्रममा चीनले 300 ओटा बोइङ किन्ने 37अर्ब डलर बराबरको सम्झौता भएको थियो। आगामी 20 वर्षभित्रमा चीनलाई 7 हजारभन्दा बढी व्यवसायिक उडान गर्ने विमान आवश्यक पर्ने अनुमान गरिएको छ। एजेन्सी




Leave comment