CDOLIVE.IN

  Tuesday , February 19 , 2019 6:36AM


भारतीय सेनासँगको क्रस बोर्डर फायरिङमा चारजना पाक सैनिक मारिए

post_image
भारतीय सेनासँगको क्रस बोर्डर फायरिङ

इस्लामाबाद15 जनवरी-भारतीय सेनासँगको क्रस बोर्डर फायरिङमा चारजना पाकिस्तानी सैनिकको ज्यान गएको छ । पाकिस्तानी सेनाले सोमवार एक विज्ञप्ती जारी गर्दै यो कुराको पुष्टि गरेको हो । कश्मिरमा भएको क्रस बोर्डर फायरिङमा ती सैनिक मारिएका पाकिस्तानको चर्चित अनलाइन डनले जनाएको छ। भारतीय पक्षले पाकिस्तानी सेनाले आइतवार राति युद्धविरामको उलंघन गर्दै गोली चलाएपछि जवाफी कारबाही गरेको जिकिर गरेको छ। अर्कातिर जम्मु-कश्मिरमा सोमवार भारतीय सुरक्षा फौजले सुरक्षा बलले उडी क्षेत्रमा सीमा पार गरिरहेका जैस ए मोहम्मदका 6 जना आतंककारीलाई मारेको दाबी गरेको छ । जम्मु-कश्मिरका डीजीपी एसपी वैदले यस कुराको पुष्टि गरेका हुन् । एजेन्सी




Leave comment