CDOLIVE.IN

  Sunday , August 19 , 2018 4:07AM


विल्सन विक्रम राई (तक्मे बुढा) गाडी दुर्घटनाग्रस्त

post_image
विल्सन विक्रम राई (तक्मे बुढा)

मोरङ 13 फरवरी-विल्सन विक्रम राई (तक्मे बुढा) गाडी खतरनाक दुर्घटनामा परेको छ । सोमवार मोरङको ‘मधुमल्ला महोत्सव’ सकेर बिर्तामोड फर्किँदै गर्दा मध्यराती 12 बजे ‘आई 10’ कार दुर्घटनामा परेको हो । निर्माता तथा कलाकार राजेश घतानीका अनुसार, कुकुरलाई बचाउन खोज्दा गाडी दुर्घटना भएको हो । बा 17 च 9102 नम्बरको गाडीमा विल्सनसहित फिल्म ‘फुर्के नं. 1’ का कलाकारहरु बिशाल लिम्बु (फर्सी टाउके) युकेश लिम्बु, समिल राई र बाल कलाकार जेसिका राई पनि सवार थिए । दुर्घटनामा गाडी बाहेक अरु कसैलाई पनि धेरै क्षती भएको छैन । गाडी भने पूरै पल्टिएको छ । विल्सन आफैंले कार चलाएका थिए ।एजेन्सी




Leave comment