CDOLIVE.IN

  Saturday , September 22 , 2018 3:23PM


अमेरिकाको एक विद्यालयमा युवकले अन्धाधुन्ध गोली चलाउदा 17 को मृत्यु

post_image
फ्लोरिडास्थित एक विद्यालयमा 19 वर्षीय युवाले अन्धाधुन्ध गोली चलाएपछि हॉस्पिटल लादै

15 फरवरी- राज्य अमेरिकाको फ्लोरिडास्थित एक विद्यालयमा 19 वर्षीय युवाले अन्धाधुन्ध गोली चलाउँदा 17 जनाको मृत्यु भएको छ अमेरिकी टेलिभिजन सिएनएनले दिएको खबर अनुसार उक्त विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका 19 वर्षीय निकोलस क्रुज नामका युवाले विद्यालयमा प्रवेश गरी गोली चलाएका हुन । ती युवकलाई गिरफ्तार गरिएको सुरक्षा निकायले जनाएको छ । फ्लोरिडाको पार्कल्याण्डमा रहेको 'मर्जोरी स्टोनेमन डग्लसु' नामको उच्च माध्यिमक विद्यालयमा गोली चलाइएको हो । खबर अनुसार आक्रमणकारी छात्रले विद्यायलमा रहेको आपतकालीन अवस्थामा बजाउने घण्टी बजाएका थिए । विद्यार्थीहरु भागाभाग गर्न थालेपछि भीडमाथि अन्धाधुन्ध गोली चलाएका थिए । स्थानीय समय अनुसार बुधबार दिउँसो साढे तीन बजेतिर घटना घटेको हो । सुरक्षा बलले दिएका जानकारी अनुसार मृतक 12 जनाको शव भवनभित्र, दुई जनाको विद्यायलय परिसरमा र दुई जनाको सडकमा फेला परेको थियो । एक जनाको अस्पताल पुगेपछि मृत्यु भएको जनाइएको छ । आक्रमणकारीलाई हिरासतमा राखी आक्रमणको कारण बारे अनुसन्धान भइरहेको सुरक्षा निकायलाई उद्धृत गर्दै सीएनएनले खबर दिएको छ । एजेन्सी




Leave comment