CDOLIVE.IN

  Sunday , June 24 , 2018 4:53AM


ट्रम्पले उत्तर कोरियाली नेता किमलार्इ भेट्ने

post_image
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोन

वासिङ्गटन 9 मार्च-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोन उनले भेटवार्ता गर्न गरेको प्रस्ताव स्वीकार गरेका छन् । सीएनएनले दिएको खबर अनुसार ट्रम्पले आगामी महिनामा किमलाई भेट्ने बताएका छन् । दक्षिण कोरियाका सुरक्षा सल्लाहकार चुङ एइ योङले बिहीबार पत्रकारहरुसँग वाइटहाउसमा बोल्दै यस्तो खुलासा गरेको सीएनएनले जनाएको छ । उत्तर कोरियाका नेता उनले हालको परमाणु परीक्षणलाई स्थगीत गर्न चाहेको र अमेरिकी राष्ट्रपतिसँग भेट गर्न चाहेको प्रस्ताव दक्षिण कोरियाली प्रधिनिधि चुङ एइ योङले ट्रम्प समक्ष लगेका बताएका छन । जवाफमा ट्रम्ले आफू पनि उत्तर कोरियाली नेतासँग भेट गरेर स्थायी रुपमा समस्या समाधान गर्ने इच्छुक रहेको र आगामी मई महिनामा उनलाई भेट्ने जवाफ दिएको चुङ योङलेले बताएका छन् । चुङ योङले गत सोमबार मात्रै दक्षिण कोरियाली राष्ट्रपतिको दूतका रुपमा आफ्नै नेतृत्वमा उत्तर कोरियाली नेता किम जोन उनसँग प्योङयाङमा भेटवार्ता गरेका थिए । ट्रम्पले ट्वीट गर्दै उत्तर कोरियाले परमाणु परीक्षण नगर्ने निर्णय गर्नु स्वागत योग्य भएको भन्दै भेटघाटका लागि योजना भइरहेको बताएका छन् । भेटवार्ता गरी सहमतिमा नपुदग्दासम्म उत्तर कोरियामाथिको नाकाबन्दी भने यथावत रहने ट्रम्पले जनाएका छन् । एजेन्सी




Leave comment