CDOLIVE.IN

  Sunday , December 16 , 2018 11:21PM


युएस-बंगला एयरलाइन्सको विमान दुर्घटना 49 को मृत्यु, 22 घाइते

post_image
त्रिभुवन विमानस्थलमा युएस-बंगला एयरलाइन्सको विमान दुर्घटना

काठमाण्डु 12 मार्च-त्रिभुवन विमानस्थलमा युएस-बंगला एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या 49 पुगेको छ । महानगरीय पुलिस परिसर काठमाडौँका प्रमुख एसएसपी विश्वराज पोखरेलले मृतकको सं‌ख्या 49 पुगेको जानकारी दिए । उनका अनुसार धेरैजनाको विमानस्थलमै ज्यान गएको हो भने अन्यको विभिन्न अस्पतालमा मृत्यु भएको हो । यो दुर्घटनामा अन्य 22 जना यात्रु घाइते भए छन्। पोखरेलका अनुसार काठमाडौँ मेडिकल कलेज सिनामंगल, सिभिल अस्पताल, नर्भिक अस्पताल ओम अस्पतालमा एक, बाँसबारी न्यूरो अस्पताल र मेडिसिटी अस्पतालमा पनि घाइतेको उपचार भइरहेको छ । विमानस्थलको उत्तरतर्फबाट अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा 67 जना यात्रु र चार चालक दलका सदस्य थिए । विमानमा 33 जना नेपाली, 32 जना बंगलादेशी, 2 माल्दिभ्स र एकजना चिनियाँ नागरिक सवार थिए । विमानलाई पाइलट पृथुला रशिदसहित चालक दलका सदस्य ख्वाजा हुसेन र इन्जिनियर रकिबुल हुसेनले चलाएका थिए । 

त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक राजेन्द्र क्षेत्रीले यो विमान एयर ट्राफिक कन्ट्रोलरको निर्देशन पाइलटले नमान्दा यस दुर्घटनामा भएको बताएका छन् । मन्त्रिपरिषद्को आकस्मिक बैठकले युएस–बांग्ला विमान दुर्घटनाको छानबिन गर्न 6 सदस्यीय समिति गठन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार साँझ बसेको आकष्मिक बैठकले युएस–बांग्ला एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रालयका पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा 6 सदस्यीय उच्चस्तरीय जाँचबुझ समिति गठन गरेको छ त्यस समितिका सदस्यहरुमा नेपाली सेनाका प्रमुख सेनानी डा. राजीव देव, क्याप्टेन के.के शर्मा, क्याप्टेन सुनील प्रधान, इञ्जिनियर उद्धव प्रसाद सुवेदी र सदस्य सचिवमा पर्यटन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछाने रहेको छ । एजेन्सी

Related Photos




Leave comment