CDONETWORK

  Thursday , December 3 , 2020 9:39AM


सामूहिक बलात्कार गर्ने चारै अभियुक्त एनकाउंटर मृत्यु भएको पुष्टि

post_image
अभियुक्तलाई पुलिसले एक भिडन्तमा मारिदिए

हैदराबाद 6 दिसम्बर-हैदराबादमा एक महिला पशु चिकित्सकले सामूहिक बलात्कार गरे पछि हत्या र लाश जलाउने मामिलाका चारै अभियुक्तलाई पुलिसले एक भिडन्तमा मारिदिए। पुलिसले पनि यस कुराको पुष्टि गरेको छ। हैदरावादमा हिरासतमा रहेका चार जना आरोपीहरुको शुक्रबार बिहानै इकाउन्टरमा मृत्यु भएको इन्डिया टुडेले जनाएको छ।समाचारमा जनाइएअनुसार यो इनकाउन्टर हैदराबादबाट 50 किलोमिटर टाढा महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा भएको हो। भारतीय पुलिसलाई उदृत गर्दै समाचारमा भनिएको छ, 'शुक्रबार बिहान 3 बजे चारै जनाको एक मुठभेडमा मृत्यु भएको हो। चारैजनालाई बुधबार पुलिस हिरासतमा राखिएको थियो।' नभेम्बरमा एक भेटनरी डाक्टरको बलात्कार गरी चार युवकहरुले शरीर जलाइदिएका थिए। पुलिसको अनुसन्धानको आरोपीहरुलाई क्राइम सिन रिक्रिएट गर्नका लागि घटना भएको स्थानमा लगेका थिए। अनुसन्धानबीच चारैजना आरोपीहरुले भाग्ने प्रयास गरेपछि पुलिसले गोली चलाएको जनाइएको छ। पुलिसले घटना लगत्तै चार आरोपीलाई पक्राउ गरको थियो। अदालतले उनीहरुलाई 14 दिनको न्यायिक हिरासतमा पठाएको थियो। डाक्टरको बलात्कारपछि शरीर जलाएर फालिएको घटना सार्वजनिक भएपछि भारतभर विरोध भइरहेको छ। घर फर्किरहेकी डाक्टर स्कुटर पञ्चर भएपछि एउटा टोल प्लाजामा बसिरहेकी थिइन्। त्यही बेला पेशाले ट्रक डाइभर र किल्नर रहेका आरोपीहरुले महिलाको सामूहिक बलात्कार गरी शरीर जलाइ दिएका थिए। आरोपीहरु 20 देखि 26 वर्ष उमेर का थिए। - इन्डिया टुडे


Related Photos




Leave comment