CDOLIVE.IN

  Wednesday , November 22 , 2017 8:28PM


बंगालको बिजेपी दलले भन्दैछन्ः नो गोर्खाल्याण्ड

post_image
छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै पहाड़वाली

कलकत्ता 27 जून - छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै पहाड़वालीले गत केहि दिन देखि आन्दोलन गरिरहेको छ। यसै बिच भाजापका एक जना महासचिव कैलाश बिजय भारगीयाले छुट्टै गोर्खाल्याण्ड बनाउने गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)को माग भाजापाले स्विकार गर्न नसक्ने बताएका छन्। उनले दार्जिलिङ पाहाडका जनताको बिकास प्रतिको चाहना पुरा गर्न असफल भएकोमा पश्चिमबङ्गालकी मुख्यमन्त्री ममता बेर्नजीले माफि माग्नुपर्ने बताएको छ। ‘म छुट्टै गोर्खाल्याण्ड बनाउने कुरामा समर्थन गर्दिन तर गोर्खा जनताको विकास र उनीहरुको संस्कृति र सम्पादको समर्थन गर्छु’, एक कार्यक्रमको दौरान उनले भने। भारगीयाले बिकासको कुरा गरे पनि दाजिर्लिङवासीले आफ्नो आन्दोलन बिकासको लागि होईन आफ्नो पहिचानको लागि भएको बताउने गरेका छन्। भाजपाका राज्य सभापति दीलिप घोसले पनि जात र भाषाका आधारमा राज्य दिन नसकिने बताएका छन्। त्यसो गर्दा देश टुक्रा–टुक्रामा विभाजित हुने उनको तर्क छ। ‘झारखण्ड, छतीसगढ, तेलङ्गना जस्ता राज्य बन्दा हामीले कुनै विरोध जनाएनौं’, उनले भने,‘ तर, गाउँ वा नगरपालिकालाई राज्यम टुक्राउने मागलाई हामी समर्थन गर्दैनौं।’ पहिले जात र भाषाकै आधारमा थुप्रै राज्य स्विकार गरिसकेका घोषले अब जात र भाषाका आधारमा बनाइने राज्य कुनै पनि हालतमा स्विकार गर्न नसकिने बताए। ‘हामी जनताको जात र भाषाको आधारमा राज्य हुनुपर्छ भन्ने मागलाई समर्थन गर्दैनौं’, घोसले भने,‘ यदि यस्तो भयो भने देश टुक्रा–टुक्रामा विभाजित हुनेछ।’ दिल्लीका जन्तरमन्तरमा प्रदर्शन गर्दै छुट्टै गोर्खाल्याण्डको मागमा हजारौं गोर्खा अभियन्ताहरुले प्रदर्शन गरिरहेको छ। आइतवार भएको उक्त प्रदर्शनमा ‘जय गोर्खा, ममता बेर्नजी मुर्दावाद’ लगायतका नारा लगाएका थिए। कोही ‘हामी गोर्खाल्याण्ड चाहान्छौं’ भन्दै कराइरहेका थिए भने कोही ‘गोर्खालीलाई न्याया देऊ’ भन्ने टिसर्ट र प्लेकार्ड सहित उभिएका थिए। प्रदर्शनमा सहभागि मध्य एक बन्दना राईले आन्दोलन सुधारवादी भएको र आफ्नौ छुट्टै राज्य भए त्यो बढ्ता समावेशी हुने बताइन्। आन्दोल अझै कडा बनाइने दार्जीलिङवासी अनि राजनितिक पार्टी भन्दै छन्। छुट्टै गोर्खाल्याण्ड राज्यको माग गर्दै करिब तीन साता देखि बन्द हड्ताल सहितका आन्दोलन गरिरहेको गोर्खा जनमुक्ति मोर्चाले आन्दोलनलाई अझै कडा बनाउने भएको छ। मुश्लिम समुदायको इद पर्वलाई लक्षित गरि सोमवार १२ घण्टा हडताल रोकेको मोर्चाले त्यस पछि आन्दोलन अझै कडा बनाउने चेतावनी दिएको छ। मोर्चाका प्रवक्ता नोर्बु लामाले मंगलवार एटीएम समेत चल्न नदिइने घोषाण गरे। मोर्चाले दार्जिलिङ र कालिङपोङ क्षेत्रको अर्धस्वायत्त प्रशासनिक निकाय गोर्खा टेरिटोरिएल एडमिनिस्ट्रेशन (जीटीए)बाट राजीनामा दिने काम समेत पूर्ण भएको घोषणा गरेको छ। एजेन्सी




Leave comment