CDOLIVE.IN

  Friday , September 22 , 2017 8:05AM


नितिशकुमारले बिहार विधानसभामा विश्वासको मत हासिल

post_image
नितिशकुमारले विधानसभामा विश्वासको मत हासिल गर्दै

पटना 28 जुलाई-मुख्यमन्त्री नितिशकुमारले बिहार विधानसभामा विश्वासको मत हासिलका गरेका छन्। लालु यादवको आरजेडी र कांग्रेससँगको गठबन्धन तोडेर भाजपाको साथमा सरकार गठन गरेका नितिशको पक्षमा 131 मत परेको थियो। 243 सदस्यीय बिहार विधानसभामा नितिशलाई 122 मत आवश्यक थियो। उनले बुधबार मात्रै राजीनामा दिएका थिए। त्यसको 14 घण्टापछि नै उनले भाजपासँगको गठबन्धनमा मुख्यमन्त्रीको शपथ लिएका थिए। ‘भ्रष्टचारलाई उचित ठहर्‍याउन धर्मनिरपेक्षताको प्रयोग हुनुहुँदैन,’ विश्वासको मत लिनुअघि नितिशले विधानसभामा भने। एजेन्सी




Leave comment