CDOLIVE.IN

  Wednesday , November 22 , 2017 8:28PM


इण्डिया टुडे ले तिब्बत र ताइवानबिनै चीनको तस्वीर छापेपछि हंगामा

post_image
ताइवान र तिब्बतको भूभागबिनै चीनको तस्वीर छापेपछि चीनमा व्यापक विरोध गर्दै

नई दिल्ली 28 जुलाई-भारतीय म्यागेजिन ‘इण्डिया टुडे’ ले आफ्नो आवरणमा ताइवान र तिब्बतको भूभागबिनै चीनको तस्वीर छापेपछि चीनमा त्यसको व्यापक विरोध भएको छ। चिनियाँ पाठकले सो म्यागेजिन बहिष्कार गरेको पिपल्स डेली चाइनाले जनाएको छ। भारतको अंग्रेजी भाषामा सबैभन्दा बढी बिक्री हुनेमध्येको एक सो म्यागेजिनले जुलाई 21 को अंकमा त्यस्तो तस्वीर छापेको थियो। तस्वीरमा चीनलाई पोथी र पाकिस्तानलाई चल्लाको रुपमा दर्शाउन खोजिएको आवरणको शीर्षक थियो, ‘चाइनाज् न्यु चिक’ अर्थात् ‘चीनको नयाँ चल्लो।’ म्यागेजिनबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले त्यो ‘ध्यान दिनलायक’ नभएको बताएका थिए। यही विषयको बहसमा करिब 10 हजार चिनियाँ नेटिजनले भाग लिएको पिपल्स डेली चाइनाले जनाएको छ। चिनियाँ नागरिकले मात्र होइन, सञ्चारमाध्यमले पनि इण्डिया टुडेको चर्को आलोचना गरेका छन्। ग्लोबल टाइम्सले सो ‘घृणित आवरण’ मार्फत म्यागेजिनले ‘चीनलाई टुक्र्याउने झुठो सपनातिर’ भारतलाई डो¥याएको आरोप लगाएको छ। एजेन्सी




Leave comment