CDOLIVE.IN

  Friday , September 22 , 2017 8:05AM


देशभरिका बुद्धिजीवीहरूलाई लिएर आन्दोलन अघि बढाउने – अनशन र बन्द जारी

post_image
गोर्खाल्याण्ड कोअर्डिनेशन कमिटीको बैठक गर्दै

नई दिल्ली 1 अगस्त-गोर्खाल्याण्ड अर्डिनेशन कमिटीको 7 घन्टाको बैठक पछि धेरै कार्यक्रमको घोषणा गर्दै जीएंमसीसी प्रतिनिधिहरूले बताए अनुसार बन्द र अनशन यथावत रहने छ। केन्द्रबाट जीएमसीसीलाई गोर्खाल्याण्डको निम्ति वार्तामा बोलायो भने अनशन उठाउने साथै अनशनकारीहरूको ज्यानलाई ध्यानमा राख्दै भए पनि बन्द जबसम्म खुल्ने छैन, केन्द्रले वार्तामा बोलाएर गोर्खाल्याण्डको निम्ति सकरात्मक कुरा गरे मात्र बन्द खोल्ने निर्णय लिएको छ। छुट्टै राज्य गोर्खाल्याण्डको लागि देखभरिका संघ संस्थाहरूलाई जीएमसीसीमा बलाउने साथै गोर्खाल्याण्डको निम्ति लड्नलाई एउटै छाता सङ्गठन बनाउन आजको बैठकले यो निर्णय लियो। गोर्खाल्याण्डसम्म पुग्नलाई जीएमसीसीले शीघ्र नै देशभरिका गोर्खा बौद्धिक, विषय विशेषज्ञहरूलाई बटुलेर एउटा एडभाइजरी कमिटी बनाउने । एडभाइजरी कमिटीमा सदस्य ‘डा. महेन्द्र पी. लामा, त्रिलोक देवानहरू साथै बौद्धिक र विभिन्न क्षेत्रमा रहेकाहरूलाई पनि राखिने निर्णय लियो।

जीएमसीसीले 15 अगस्तलाई सामान्यरूपले पालन गर्ने निर्णय लिएको छ। भारत स्वतन्त्र भए पनि गोर्खाहरूले भने न्याय नपाएको सन्देश केन्द्र सरकारलाई दिनलाई विश्वभरिका गोर्खाहरूले मानव श्रृङ्खला बनाउने कार्यक्रम तय गरिएको छ। 4 अगस्त देखि जीएमसीसीमा रहेका सम्पूर्ण दल, दलका समर्थकहरू लगायत जतिपनि संस्थाहरूले अंशग्रहण गर्नेछन्, सबैलाई लिएर 12 घन्टे धरना कार्यक्रम दिल्लीमा गर्ने भएको छ। बङ्गाल सरकारले दमन गरेको मानवाधिकारबारे बताउन र गोर्खाहरूको सुरक्षाको निम्ति छुट्टै राज्य गठन गरिनु पर्ने माग गर्दै प्रधानमन्त्रीलाई हजारौ चिठ्टी पठाउनु पर्ने पनि जीएमसीसीको आजको बैठकले आह्वान गरेका छन्। राज्यभरिमा गोर्खाल्याण्डको निम्ति लडिरहेका संघ - संस्थाहरूलाई जीएमसीसीको छातामुनि ल्याउनको समिति बनाइनेछ। उनीहरूलाई लिएर नै 15 अगस्त दिल्लीमा विशाल अनि प्रभावकारी कार्यक्रमहरू गरिने भएको छ। झट्टै नै गोर्खा मात्र नभएर देशभरिका बौद्धिक, पार्टीका नेता, विशेषज्ञहरूलाई लिएर राष्ट्रीय सेमिनार पनि गरिनेछ। 15 अगस्तदेखि दिल्लीमा नै व्यापक उपस्थितिमा रिले अनशन पनि गर्ने भएको छ। 5 अगस्तको दिन बैठक गरेर जीएमसीसीले आगामी कार्यक्रमका रुपरेखाहरूलाई दुरुस्त गर्दै जाने जनाएको छ।




Leave comment