CDOLIVE.IN

  Wednesday , November 22 , 2017 8:28PM


कांग्रेस उपाध्यक्ष राहुल गान्धीमाथि आक्रमण

post_image
आक्रमणबाट क्षतिग्रस्त गान्धीको कार

नयाँदिल्ली 5 अगस्त- राहुल गान्धीलाई वनास्कान्थ जिल्लामा आक्रमण भएको अधिकारीहरुले बताएका छन्। उनलाई केही सुरक्षाकर्मीले कडा सुरक्षा व्यवस्था गरी घाइते हुनबाट जोगाएको एक पुलिस अधिकारीले जानकारी दिए। आक्रमणकारीहरुले गान्धी चढेको गाडीमा ढुङ्गा प्रहार गरेको र गाडीको दैलो झ्यालको सिसा फुटेको छ। कांग्रेस अध्यक्ष सोनीया गान्धीका छोरा समेत रहेका राहुल प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्लामा बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणमा थिए। ‘धनेरा क्षेत्रका बाढी पीडितहरुलाई भेटेर हेलिप्याड तर्फ जाँदै गर्दा उहाँको गाडीमा आक्रमण भएको हो, आक्रमणकारीले हानेको ढुङ्गा गाडी भित्र पसेको छ,’ जिल्ला पुलिस प्रमुख निराज बाड्गुजारले सञ्चारकर्मीमाझ बताए। कांग्रेसले आफ्नो उपाध्यक्षमाथि भएको आक्रमणमा सत्तारुढ दल भारतीय जनता पार्टी (बिजेपी) का कार्यकर्ता सम्लग्न भएको आरोप लगाएको छ। ‘बिजेपीका उग्र व्यक्तिहरुले कांग्रेस उपाध्यक्ष राहुलजीको कारमा धनेराको लालचोकमा आक्रमण गरेका छन्। गुजरात राज्यको बनास्कान्थ जिल्लामा भएको घटना घृणित र निन्दनीय छ,’ कांग्रेसका प्रवक्ता रणदिप सुर्जेवालाले भने। उन थपे, ‘विध्वंसकारीहरुको योजनाबद्ध आक्रमणबाट उपाध्यक्ष गान्धी चढेको गाडीको झ्यालको सिसा फुटेको छ। केही सुरक्षाकर्मीहरु घाइते भएका छन्। विजेपीले सत्यतथ्य पत्तालगाई यसबारे निर्णय लिने छ।’ तर विजेपी यस घटनामा मौन बसे ठूलो मूल्य चुकाउनु पर्ने कांग्रेसले चेतावनी दिएको छ। रासस/सिन्ह्वा -तस्वीर : इन्डियन एक्सप्रेस




Leave comment