CDOLIVE.IN

  Sunday , February 18 , 2018 10:19AM


केन्द्र सरकार गोर्खाल्याण्ड दिने पक्षमा छैन्-प्रताप खाती

post_image
गोर्खालिग नेता प्रताप खातीले राजनाथसिंह सित भेट गर्दै

नई दिल्ली 8 अगस्त-गोर्खालिग नेता प्रताप खातीले केहि दिन अघि मात्र काङ्ग्रेस उपाध्यक्ष राहुल गान्धीलाई गरेको पछि आज गोर्खालिग नेता प्रताप खातीको नेतृत्वमा चार सदस्यीय टोलीले केन्द्रिय गृहमन्त्री राजनाथसिंह भट्ने सदस्यमा मिलन ठोक्कर, अन्जनी शर्मा र रिसिका छेत्री सामेल रहेको थियो। 

गृहमन्त्री राजनाथ सिंहसित भेटेर गोर्खाल्याण्डबारे कुरा राख्यौं, तर दार्जीलिङको गठनको मुद्दाबारे केन्द्र गम्भीर नरहेको सङ्केत पायौँ र फलदायक पनि नरहेको बताए, हामी निराश मात्र भयौं,राजनाथ सिंहले आन्दोलनबारे मात्र चिन्तित रहेको कुरा बारबार दोर्‍याए अरू केहि कुरा गरेनन्। 

राज्य सरकार वार्ता गर्ने पक्षमा नै छैन। हामी कोशिश गर्दै छौं ममता व्यानर्जीले डीएमहरूको रिपोर्ट आएपछि मात्र दार्जीलिङ विषयको विषयमा कुरा गर्ने भन्छिन्। केन्द्रसित आन्दोलनकारीसित वार्ता गर्न राज्य सरकारको सहमति नै छैन। केन्द्र सरकारले आफैले राज्यलाई छोडेर हाम्रो मुद्दा र आन्दोलनकारी बात गर्ने पक्षमा नै छैन। र राज्य सरकारले जे भन्छ, केन्द्र त्यही नै गर्ने केन्द्रको मन बनाई सकेको छ भनि खाती बताए।

गृहमन्त्रीले भन्छन् गोर्खाल्याण्ड आन्दोलनकारीहरूले राज्यको सिफारिस् लिएर आवोस् भन्न चाहन्छन् हामीले धेरैवटा राज्यको उदाहरण दियौँ, जसलाई राज्यको सिफारिस् परेन त। र पनि राजनाथ सिंहले कुनै पनि सकरात्मक कुरा गर्न चाहेनन्। 

गृहमन्त्रीले पश्चिम बङ्गाल राज्यले जे बन्छ, त्यो आधारमा गोर्खाल्याण्ड डिल गर्ने मुडमा रहेको खातीले खुलासा गरे।




Leave comment