CDOLIVE.IN

  Friday , September 22 , 2017 8:06AM


भारतले नेपाललाई 25 करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता

post_image
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई हाल मिलाउँदै

नई दिल्ली 18 अगस्त- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज टेलिफोन गरी नेपालमा हालै आएको बाढी र पहिराका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारत सरकारका तर्फबाट 25 करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भारतीय प्रधानमन्त्री मोदीले साँझ ६ बजे टेलिफोन गरेर बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शाेकसन्तप्त परिवारलाई समवेदना व्यक्त गरेको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। भारतीय प्रधानमन्त्रीले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहत कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। भारतका प्रधानमन्त्रीको सद्भभाव प्रति खुशी व्यक्त गर्दै प्रधानमन्त्री देउवाले टुविटरमा उनलार्इ धन्यवाद ज्ञापन गरेका छन्। रासस




Leave comment