CDOLIVE.IN

  Friday , September 22 , 2017 8:02AM


भारत र नेपालबीच आठ बुँदे सम्झौता, संविधान संशोधन गर्ने देउवाको प्रतिवद्धता

post_image
भारत र नेपालबीच आठ बुँदे समझदारी बारे बात गर्दै

नई दिल्ली 24 अगस्त- भारत र नेपालबीच आठ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। भारतसंग नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा समझदारी पत्र आदान प्रदान भएको हो। पुनर्निर्माणसम्बन्धी 8 वटामा समझदारी भएको छ। भूकम्पपछिको पुनर्निर्माण लागि भारतले घोषणा गरेको 1 विलियन अर्थात १ अर्बको प्रयोगबारे छ भने अर्को स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदा पुननिर्माण सम्वन्धी छ। चार समझदारी 250 विलियन अर्थात 2 खर्ब 20 अर्बको भएको पुनर्निर्माण प्रधिकरणका कार्यकारीले जानकारी दिएको छ।

नेपाल र भारतबीच मोची पुल पुननिर्माण, लागू औषध नियन्त्रण, तापतौल र चार्टर एकान्टेनसम्वन्धी चार समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ। त्यसैगरी अन्य तीनवटामा मेची नदीमा पुल निर्माण, नेपाल र भारतका उत्पादनहरुको निर्यात सम्बन्धी मापदण्ड निर्धारण व्यूरो बनाउने र अवैध लागुऔषध नियन्त्रण गर्ने सम्बन्धमा संयन्त्र निर्माण गर्ने सम्बन्धी समझदारी रहेको छ। यस अघि हैदराबाद हाउसमा देउवा र मोदीबीच झण्डै 30 मिनेट वान टु वान कुराकानी भएको थियो ।

11 बजेदेखि 12 बजेसम्म करिव एक घण्टा प्रधानमन्त्री देउवा र मोदीबीच एक्ला एक्लै भेटवार्ता भएको थियो भने त्यसपछि करिव साढे 1 बजेसम्म करिव डेढ घण्टा प्रधानमन्त्रीहरुको नेतृत्वमा दुई पक्षीय भ्रमण दलको औपचारिक बैठक भएको थियो। दुईपक्षीय भेटमा प्रधानमन्त्री देउवाले संसदमा फेल भएको संविधान संशोधन प्रस्तावलाई पास गराउन अझै आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। एजेन्सी




Leave comment