CDOLIVE.IN

  Wednesday , November 22 , 2017 8:29PM


राम रहिमको समर्थकहरूले हिंसा साथै मृत्यु

post_image
राम रहिम समर्थकले हिंसामा परिणत

सिरसा 25 अगस्त- भारतको हरियाणा राज्यको पञ्चकुला सहरमा भड्किएको हिंसामा 7 जनाको मृत्यु संगै अझै बढ़्ने सम्भावना रहेको छ। धर्मगुरु गुरुमित राम रहिम सिंहलाई अदालतले दुई महिलालाई बलात्कार गरेको मुद्धामा दोषी ठहर्‍याएपछि त्यहाँ हिंसा फैलिएको थियो। अदालतको फैसलापछि रहिमका समर्थकले उत्पात मच्चाउन थालेका थिए। रहिमलाई जेल चलान गरिएको छ भने हिंसा रोक्न सडकमा सेना परिचालन गरिएको छ। भिडन्तहरुमा 70 भन्दा बढी व्यक्ति घाइते भएका छन् भने कैयौं वाहनमा आगजनी गरिएको छ। हिंसा रोक्न असफल भएको भन्दै हरियाणा सरकारको कडा आलोचना भएको छ। सन् 2002 मा आफ्नै समर्थक दुई महिलालाई बलात्कार गरेको अभियोगमा शुक्रबार अदालतले रहिमलाई दोषी रहेको फैसला गरेको हो। उनको सजाय अदालतले सोमबार तोक्नेछ। एजेन्सी




Leave comment