CDOLIVE.IN

  Friday , September 22 , 2017 8:12AM


दोक्लमबाट सेना फिर्ता गर्ने सहमति भयो: भारत

post_image
दोक्लमबाट सेना फिर्ता गर्ने सहमति

नई दिल्ली 28 अगस्त-भारतीय विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दोक्लमबाट सेना फिर्ता गर्ने सहमति भएको बताएको छ। यसबाट दुई महिनाभन्दा लामो समयदेखि भारतीय चिनियाँ सैनिकबीच दोक्लममा जारी तनाव हट्ने संकेत देखिएको छ। प्रेस विज्ञप्तिमा भारतीय विदेशमन्त्रालयले ‘दोक्लमबाट सीमा सुरक्षा बललाई शीघ्र फिर्ता गर्ने सहमति बनेको' जनाइएको छ। ‘हालैका साताहरुमा दोक्लम घटनालाई लिएर भारत र चीनले कूटनीतिक सञ्चार कायम राखेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसै आधारमा सीमा सुरक्षा बलका जवानहरुलाई दोक्लमको विवादित स्थानबाट शीघ्र फिर्ता गर्ने सहमति बनेको हो र सो प्रक्रिया जारी छ।’ कुनै पनि वार्ता सुरु हुनुअघि भारतीय सेना त्यहाँबाट फिर्ता हुनुपर्ने अडान चीनले राख्दै आएको थियो। चीनले पनि दोक्लमबाट भारतीय सैनिक हटेको पुष्टि गरेको पिपुल्स डेली चाइनाले जनाएको छ। भुटान र चीनबीच विवादित क्षेत्र दोक्लममा चीनले सडक निर्माण गर्न थालेपछि जुन 18 मा त्यहाँ भारतीय सेना पुगेर अवरोध गरेको थियो। त्यसयता दुवै देशका सेना, सरकारी अधिकारी र सञ्चारमाध्यमले एकअर्काका विरुद्ध विषवमन गर्दै आएका थिए। चीनले 1962 को युद्ध दोहोरिन सक्ने चेतावनी पनि दिएको थियो। एजेन्सी

Related Photos




Leave comment