CDOLIVE.IN

  Wednesday , November 22 , 2017 8:29PM


बैठकमा गएका दलहरूले वासभूमि भन्दा शान्ति फर्काउने

post_image
बंगाल सरकारका मुख्यमन्त्री ममता ब्यानर्जी सम्बोधन गर्दै

कोलकत्ता 29 अगस्त-राज्य सरकारसित वार्ता गर्न जाने दलहरू गोजमुमो, गोरामुमो, अनि जाप यी दलले वार्ता सकरात्मक भएको बताए। गोरामुमो, गोजमुमो अनि जापले आआफ्ना कुरा राखे, ममताले भनिन् हामी धैर्यको साथ कुरा सुन्यौँ, अब संवादको बाटो खोलियो, जो जारी रहनेछ अनि 12 सेप्टेम्बरको दिन सिलगढीको उत्तरकन्यामा दोस्रो बैठक हुने बताए। आजको बैठकमा मैले उपस्थित रहेका पहाडका दलका प्रतिनिधिहरूलाई बन्द फिर्ता गर्ने, शान्ति पुनर्वहाली गर्ने, बन्द बगान, परिवहन इत्यादि सुचारू गर्ने अनुरोध गरेको ममताले बताइन्।

पहाड़का दलका प्रमूखहरूको अघि बंगाल सरकारका मुख्यमन्त्री ममता ब्यानर्जी भनिन् उनीहरूले गोर्खाल्याण्डको कुरा गर्नु उनीहरूको गणतान्त्रिक अधिकार हो, तर हामीले स्पष्टरूपले गोर्खाल्याण्डको कुरामा असहमति जनाइ सकेका छौं। अहिले यो मुद्दाभन्दा पनि पहाडमा शान्ति फर्किनु प्रमुख र अनिवार्य कुरा हो, यसैबारेमा हामीले सबै दलका प्रतिनिधिहरूलाई अनुरोध गरेका हौं। गोर्खाल्याण्डको कुरालाई अहिले पत्रकारहरूले प्रश्न नगरिदिने अनुरोध पनि गरिन्। उनीहरूले आफ्नो कुरा राखे, उनले तर हाम्रो पनि संवैधानिक अडचन छ। गोर्खाल्याण्डबारेमा हामी कहिल्यै आलोचना(बहस) गर्ने छैनौँ। तर शान्ति बहालीको निम्ति संवाद भने शुरु भएको छ, यो निरन्तर हुनेछ उनीहरू गोर्खाल्याण्ड चाहन्छन्, तर हामी शान्ति स्थापनालाई नै महत्व दिन्छौं।

विनयले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने- हामीले गोर्खाल्याण्डको उल्लेख गरिएको मुख्यमन्त्रीलाई मेमोरेण्डम बुझायौं। पुलिससित भएको झडपमा मर्नेहरूलाई क्षतिपूर्ती दिइनुपर्ने सम्पूर्ण मुद्दा फिर्ता गरिइनुपर्ने, अनि सरकारी कर्मचारीहरूलाई राजनैतिक अवहेलना गर्न नपाइने कुराहरू उल्लेख गरे। गोरामुमोका महेन्द्र छेत्रीले भने पहाडको समस्याको स्थायी सामाधान हुनुपर्ने मांग साथै हामीले संवादको बाटो खुलोस् भनेर जुन पत्र पठाएका थियौँ त्यस पत्रलाई सम्मान गरेर बैठक बोलाएकोमा हामी आभार मुख्यमन्त्रीलाई व्यक्त गर्छौँ। मुख्यमन्त्रीले जुन विषयमा अनुरोध गरेकी छन्, पार्टीको केन्द्रिय समिति अनि जीएमसीसीसित बैठक गरेर निर्णय लिने बताए। 

जाप प्रमुख डा. हर्कबहादुर छेत्रीले भने शान्ति पुनर्वहाली सम्बन्धमा बैठक सकरात्मक भए पनि छुट्टै राज्य गोर्खाल्याण्डको सम्बन्धमा भने यस्तो फलप्रद नरहेको बताए। मुख्यमन्त्रीले गोर्खाल्याण्डबारे असहमति जनाए पनि गोर्खाल्याण्ड हुँदैन भनेर बुझ्नु गलत हो। यसै कारण हामीले गोर्खाल्याण्डको लागि त्रिपक्षीय वार्ता हुनुपर्छ भनेका हौँ। गोरामुमो र गोजमुमोले पहामा शान्ति स्तापनाबारे उठेका कुरा सम्बन्धमा आफ्नो दलको केन्द्रिय समितिले बैठक गरेर निर्णय गर्ने बताएका छन्। विनयले भने जीएमसीसीसित पनि बसेर पहाडमा शान्ति फर्काउनेबारे चर्चा गरिने साथै बैठकमा सबै दलले गोर्खाल्याण्डको होइन पहाडमा शान्ति फर्काउने सम्बन्धमा नै यस बैठकमा सहभागिता रहेको जनाए।




Leave comment