CDOLIVE.IN

  Saturday , June 23 , 2018 10:04AM


मुम्बईमा भवन भत्किँदा 12 मृत्यु अन्य घाईते

post_image
मुम्बइमा बिहीबार बिहान एक आवासीय भवन भत्किए पछि उद्धार गर्दै

मुम्बई 31- अगस्त भारतको आर्थिक राजधानी शहर मानिने मुम्बइमा बिहीबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा करिब 40 जना पुरिएको आशङ्का गरिएको छ। ती व्यक्तिको जिवीतै उद्वारका लागि ठूलो सङ्ख्याका उद्वारकर्मीले बिहानैदेखि प्रयास जारी राखेका समाचारमा जनाइएको छ। मुम्बइको बजार इलाकाकै चार तल्ले भवन बिहीबार बिहान 8.40 मा भत्किएको थियो। अहिलेसम्म 3 जनाको ज्यान गइसकेको छ । बाँकी अरु सोही भत्किएको भवनमा पुरिएर रहेको आशङ्का गरिएको छ। मुम्बइमा दुई दिनदेखि भारी वर्षा जारी रहेको छ। सो वर्षाका कारण पनि उक्त भवन भत्किएको अनुमान गरिएको छ। भत्किएको भवनमा परी पुरिएका वा च्यापिएका व्यक्तिको उद्वारका लागि ठूलो सङ्ख्याका अधिकारी खटिएको बताइएको छ। प्राकृतिक प्रकोप विभागका एकजना अधिकारीले दिएको जानकारीअनुसार उक्त भत्किएको भवनको भग्नावषेशबाट 12 जनाको सव निकालिएको छ। ती अधिकारीले 4 जनालाई जिवीतै उद्वार गरिएको पनि जनाएका छन्। साथै उनका अनुसार उक्त भवनमा 40 जना पुरिएर रहेको सङ्ख्या उक्त भवनका बासिन्दाले नै जानकारी दिएका छन्। भारतीय पुलिसको विशेष कमाण्डोसम्मिलत 43 जनाले उद्वारको कार्य जारी राखेको बताइएको छ। उनीहरुले दिएको जानकारी अनुसार सो भवनमा 9 जनाको परिवार बसोबास गर्दै आएको थियो। एजेन्सी




Leave comment