CDOLIVE.IN

  Friday , September 22 , 2017 8:13AM


गृहमन्त्रीलाई पवारले त्रिपक्षीय वार्ता गर्ने दबाउ- केन्द्रले झट्टै वार्तामा बोलाउने- राजनाथ

post_image
राष्ट्रिय अध्यक्ष शरद पवारले केन्द्रिय गृहमन्त्री राजनाथ सिंहलाई भेट गर्दै

नयाँ दिल्ली 4 सेप्टेम्बर-राष्ट्रवादी कङ्ग्रेस पार्टी (एनसीपी) राष्ट्रिय अध्यक्ष शरद पवारले केन्द्रिय गृहमन्त्री राजनाथ सिंहलाई भेटेर गोर्खाल्याण्ड आन्दोलनमा नेता र आम मानिसहरूको धरपकड़ीको मुद्दा लगाएको छ। पवारले राजनाथलाई दार्जीलिङमा शान्तिको गर्ने अपिल गरे। मोर्चा नेताहरूलाई पक्राउ शुरू गरे पहाड़ अशान्त भएको उनले सिंहलाई बताए। पवारले सिंहलाई भने – दार्जीलिङ जनताले गोर्खाल्याण्ड राज्य चाहन्छन्। त्यो इलाका सँग नेपाल चीन, भूटान , बङ्गलादेश, अदि रहेको छ, यसैले अन्तर्राष्ट्रिय बाधा उत्पन्न हुन सक्छ। धेरै दिनदेखि पहाड़मा इन्टरनेट सेवामा रोक लगाएको छ, खाद्य सामग्री, औषधिको आपूर्ति भईरहको छ। स्कूल कलेजहरू बन्द छ गृहमन्त्रीले आफैले यसको हल खोजेर निकाल्नुपर्दछ भन्दै पवारले जोड़ दिएका छन्।

बङ्गाल राज्य सरकारसँग र केन्द्र सरकार झट्टै त्रिपक्षीय वार्ता बोलाउन जरूरी रहको छ, पवारले भने गोजमुमो अध्यक्ष विमल गुरूङलाई उक्त वार्तामा सामेल गरिनु पर्दछ किनभने गोर्खाल्याण्ड आन्दोलनका नेतृत्वकारी उनी नै हुन्।राजनाथ सिंहले पवारको कुरा सुनेपछि भने, पहाड़को समस्याको समाधान चाँड़ै गर्ने छौं। प्रधानमन्त्री आजै विदेश यात्रामा गएका छन्। उनी फर्किएपछि उनलाई पहाड़को विषयको रिपोर्ट दिनेछौं। त्रिपक्षीय वार्ता आयोजन गरेर यस मुद्दामाथि विचार विमर्श गरिने छ। म दार्जीलिङ पहाड़का जनतालाई अपील गर्दछु कि उनीहरूले शान्ति कायम राखुन्। केन्द्रले चाँड़ै वार्ताको प्रस्ताव दिनेछ। पवारले भने, एनसीपी गोर्खाल्याण्डको पक्षमा छ। बङ्गाल ठूलो राज्य भएकोले यस्ता ससाना राज्य गठनले विकास धेर हुनेछ। यसै पनि गोर्खा समुदायलाई विकासको खाँचो छ। यो तब नै सम्भव छ अनि गोर्खाल्याण्ड गठन हुनेछ।  

एनसीपी महासचिव, सासंद एवम् पश्चिम बङ्गाल राज्य पार्टी प्रभारी प्रफुल पटेलले जारी गरेको एक विवृत्तिमा भनेका छन्, भाजपाको मौनताले के बताउँदछ भने अलग राज्य गोर्खाल्याण्ड लिएर भाजपा गम्भीर नरहेको देखिन्छ। गोर्खा समुदायले बाजपालाई लोकसभा आसन प्रदान गरेर धेरैपल्ट सम्मान जनाइसकेको छ, र पनि भाजपाले गोर्खा समुदायलाई दिएको वाचा कहिले पूरा गर्छ? यसको जवाफ भाजपा नेतृत्वले दिनु आवश्यक रहेको छ। एजेन्सी




Leave comment