CDOLIVE.IN

  Wednesday , November 22 , 2017 8:29PM


जर्नेलको धारणा भारतको आधिकारिक हो? चीनले भारतलाई सोध्यो

post_image
चीन र पाकिस्तान भारतीय सेनापतिको चेतावनी दिदै

नई दिल्ली 8 सेप्टेम्बर- चीन र पाकिस्तान दुवैतिर एकै पटक लड्न तयार रहनुपर्ने भारतीय सेनापति विपिन रावतको भनाइपछि चीनले भारतलाई त्यो उसको आधिकारिक धारणा हो कि होइन भनेर सोधेको छ। दोक्लमको 73 दिन लामो सैन्य विवाद शान्तिपूर्ण तरिकाले समाधान भए पनि दुवै देशका अधिकारीबीच आरोपप्रत्यारोप भने कम हुने छाँट देखिएको छैन। सेन्टर फर ल्याण्ड वारफेयर स्टडिजले दिल्लीमा आयोजना गरेको सेमिनारमा बोल्दै जनरल रावतले चीनसँगको द्वन्द्व ठूलो युद्धमा परिणत हुनसक्ने न र त्यहीबेला पाकिस्तानले पनि आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए। भारतीय सेनाध्यक्षको यस्तो भनाइ सार्वजनिक भएपछि चीनले त्यसमा चासो व्यक्त गरेको छ। ‘यो भारतको आधिकारिक धारणा हो कि होइन, मलाई थाहा छैन। यस्तो धारणा जर्नेलको व्यक्तिगत हो कि भारतको?’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले भने, ‘हालैको भेटमा राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चीन र भारतले एकअर्कालाई खतराको रुपमा नभइ विकासको मौकाका रुपमा हेर्नुपर्छ भन्नुभएको थियो।’ एजेन्सी




Leave comment