CDOLIVE.IN

  Friday , September 22 , 2017 8:12AM


शरद पवारले पी. चिदंबरमलाई भेटे गोर्खाल्याण्ड आन्दोनलाई लिएर गंभीर चर्चा

post_image
शरद पवारल, पी. चिदंबरम, र फारूख अब्दुल्लासंग बैठक गर्दै

नई दिल्ली 8 सेप्टेम्बर- गोर्खाल्याण्ड आन्दोलन बन्द भएको पनि 90 दिन पुग्न लागे पनि केन्द्र सरकारले केहि बिशेष पहल नगरे पनि विपक्षी दलका राष्ट्रिवादी कांग्रेस पार्टी (एनसीपी) ले यस समस्यालाई लिएर धेरै गंभीर रहेको छ। पार्टीका राष्ट्रिय अध्यक्ष शरद पवारले विहिबार नई दिल्लीमा आफ्नो आवासमा अलग राज्य गोर्खाल्याण्डको मांगलाई लिएर कांग्रेस नेता एवं पूर्व केन्द्रिय मन्त्री पी. चिदंबरम र जम्मू-कश्मीररा पूर्व मुख्य मन्त्री फारूक अब्दुल्लासंग चर्चा गरे। यूपीए सरकारमा तत्कालीन केन्द्रिय गृहमंत्री पी. चिदंबरमले विस्तृत रूपले त्यो समयको जीटीए गठन तथा पहाड़को समस्या बारेमा शरद पवारलाई जानकारी दिएका छन्।

श्री पवारले नेशनल कांफ्रेंसका अध्यक्ष फारूख अब्दुल्लासंग पनि अलग राज्य गोर्खाल्याण्डको समर्थनको अपिल गरेका छन्। सिलगढ़ीमा यस सम्बन्धमा एनसीपी सांसद प्रफुल्ल पटेलद्वारा एक प्रेस बयान पार्टीका जिल्ला अध्यक्ष फैजल अहमदले मीडियालाई दिए। उनीद्वारा नै यो जानकारी अनुसार एनसीपीका राष्ट्रिय अध्यक्ष शरद पावरले भने पहाड़का समस्या दिन-दिनै बिग्रिन्दै गई रहेको छ। राज्य सरकार तथा केन्द्र सरकारको लड़ाईमा गोर्खा समुदायहरूलाई नै भेदभाव गरिन्दै छ। गोर्खा समुदायको परिचयको लागि पनि गोर्खाल्याण्ड हुनु जरूरी हो। श्री पवारले भने कि पहाड़को विकासको लागि सम्झौता भयो, तर देशमा नै गोर्खाहरू कतै पनि जानु परिएकोमा पनि उनिहरूलाई परिचय नै दिक्कत भईरहेको छ। सायद अरूलाई लाग्छ होला कि गोर्खा समुदाय भारतको होइन, नेपालको हो भन्छन्, तर भारतमा नै गोर्खा सुदायकको जनसंख्या डेढ करोड़ छ।

उनीहरूको परिचय एवं संस्कृतिको आधारमा पनि गोर्खाल्याण्ड राज्यको स्थापना गरिनु पर्छ,, केन्द्र सरकारले यस मांग प्रति गंभीरको साथ विचार गर्दै, यहि देशको नागरिक भएपनि आफ्नो देशमा नै परिचयलाई लिएर नै धेरै समस्याको सामना गर्नु परिरहेको छ। प्रधानमंत्री नरेन्द्र मोदी स्वयं चुनाव क्षेत्रमा गोर्खाओंका सपना हमारा सपना भन्दै वचन गरेको हो भने सबका साथ, सबका विकासमा के गोर्खा समुदायक आउँदैन र? आउँछ भने यस मांगलाई झट्टै नै समाधान गरोस्, कांग्रेस नेता पी. चिदंबरमले भने कि गोर्खाओंका विकास हुन्छ भने गोर्खालाण्ड राज्य भए मात्र हुने छ।

जम्मू-कश्मीरका पूर्व मुख्यमंत्री एवं नेशनल कांफ्रेंसका अध्यक्ष फारूख अब्दुल्लाले बताए कि दार्जीलिङमा राज्य सरकार शान्ति स्थापित गरे तथा त्रिपक्षीय वार्ता गरेर यसको समाधान होस्, गोर्खा पनि त यस देशको नागरिक हो अनि संविधान अनुसार नै अलग राज्यको मांग गरिएको हो,

तिनीहरूको माग पूर्णतया न्यायसंगत छ।

यहाँ, एनसीपी सांसद र बंगाल प्रभारी पटेल ले भन्यो कि दार्जिलिंग सौंदर्य विश्वभरिमा नै छ। गोर्खाल्याण्डको मागमा, विपक्षी सांसदहरूसित लड्ने काम गर्नेछ।बिमल गुरूंगलाई फंसाई रहको छ - श्री पटेलले बताए कि गोर्खाल्याण्ड आन्दोलनमा बिमल गुरूङको भूल तरिकाले पसाउँदैछ,उनको साथ साथै अब राज्य सरकारको इशारामा पुलिसले उनको छोरा एवं छोरीलाई पनि मुद्धा हालेको छ। यो साँचो राजनीति होइन पहाड़मा तृणमूल कार्यकर्ताद्वारा बंदमा पनि बजार खोल्ने कार्य गरेको यो एउटा नौटंकी हो। श्री पटेलले भने कि सेप्टेम्बर 11 मा पार्टी उच्च कमान दार्जिलिंग पार्टीका प्रतिनिधि तथा वरिष्ठ नेकपा नेताहरु लाई निम्तो दिएको छ। जसमा गोर्खाल्याण्ड मुद्दामा अर्को रणनीति तय गरिनेछ। - प्रभात खबर 




Leave comment