CDOLIVE.IN

  Wednesday , November 22 , 2017 8:29PM


गृहमन्त्रीले आश्वासन दिदै, म राज्यका मुख्यमन्त्रीसित त्रिपक्षीय वार्ताको लागि बात गर्नेछु

post_image
गृहमन्त्री राजनाथ सित बैठक गर्दै - पहाड़का प्रतिनिधिहरू

नयाँ दिल्ली 8 सेप्टेम्बर - नयाँ दिल्लीको अकबर रोडस्थित गृहमन्त्री राजनाथ सिंहको घरमा पहाड़का नेताहरूलाई लिएर बसेको बैठक भयो। बैठकमा सहभागी स्रोतले निम्न बुँदाहरूमा चर्चा भएको जानकारी गराएको छः-मोर्चा र जीएमसीसीका नेताहरूले गृहमन्त्रीलाई भने-13 अगस्त तपाईंसँगको बैठकमा गरिएको आग्रहलाई ध्यानमा राख्दै 29 अगस्त मुख्यमन्त्री ममता ब्यानर्जीसँग वार्ता भयो। तर उनले यो कुरा आफ्नो क्षेत्राधिकारभित्र नपरेर केन्द्रको विषय भएको बताइन्। त्यसैले अब तपाईंले नै त्रिपक्षीय वार्ताको पहल गर्दै गोर्खाल्याण्डको लागि वार्ताको प्रक्रिया अगाड़ि बढ़ाइदिनुपर्छ। हामीले लगातार 86 दिनदेखि पहाड़मा गोर्खाल्याण्डको लागि आन्दोलन गरिरहेका छौं। ममता ब्यानर्जीले जनताको भावना बुझ्नको साटो अझ दमनकारी नीति अपनाएर गोर्खाल्याण्ड आन्दोलनकारी र समर्थकहरूमाथि झूटा मुद्दा, धरपकड़ र आरोपहरू लगाउँदैछिन् अनि खानतलासी, पक्राउ, घर तोड़फोड़ इत्यादि घटना गराइरहेकी छन्। पहाड़मा भएका विभिन्न बम बिस्फोटका घटनाहरूको जाँच एनआइएद्वारा गराउनुपर्छ। 11 जनाले ज्यान गुमाइसकेका छन्। पहाड़मा चरण संकट र अत्याचार छ। केन्द्रले यसको जाँच गर्नुपर्छ। आज पनि दार्जीलिङमा जनतामाथि लाठी चार्ज र टियर ग्यास प्रहार गरिएको छ। 

पहाड़मा जनआवाजले निकास पाउनुपर्छ। जनतालाई धेरै समस्या भइसक्यो। केन्द्र सरकारले शीघ्रै गोर्खाल्याण्डको लागि त्रिपक्षीय वार्ता गर्नुपर्छ। प्रतिनिधि टोलीको कुरा सुनेपछि गृहमन्त्री राजनाथ सिंहले बम बिस्फोट र अन्य घटनाहरूमाथि एनआईएद्वारा जाँच गर्ने मागप्रति विचार गर्ने आश्वसान दिए। राजनाथले भने-त्रिपक्षीय वार्ताका लागि ममता ब्यानर्जी राजी नहुन सक्छिन्, किनभने त्रिपक्षीय वार्ता बोलाउने कार्य राज्यले गर्नुपर्छ, तर म उनीसँग यसबारे कुराकानी गर्नेछु। पहाड़का राजनैतिक पार्टीहरूले राखेका मागमाथि गृहमन्त्रीले ध्यानपूर्वक सुनेर गम्भीरता देखाएको बैठकमा सहभागी एक सदस्यले जानकारी गराएका छन्। यद्यपि बन्दबारे ठोस कुराकानी भएको जानकारी छैन। आज साँझ 5.15 मा शुरु भएको बैठक करिब आधा घण्टासम्म चलेको थियो। बैठकमा मोर्चाबाट मोर्चा महासचिव रोशन गिरी, केन्द्रिय सदस्य स्वराज थापा, कालेबुङकी विधायक सरिता राई, खरसाङका विधायक रोहिता शर्मा र डुवर्सका प्रतिनिधि अशोक लामा सामेल थिए भने जीएमसीसीबाट क्रामाकपा नेता अरुण घतानी, गोरानिमो प्रमुख दावा पाख्रीन र अभागोली प्रतिनिधि विप्लव राई गृहमन्त्रीसँगको बैठकमा सहभागी भएका थिए। बन्द खोल्ने वा नखोल्नेबारे अहिले नै कुनै चूड़ान्त निर्णय नभएको जानकारी पाइएको छ। - रूपेश शर्मा




Leave comment