CDOLIVE.IN

  Saturday , September 22 , 2018 5:11PM


मुकुल रोयले नयाँ पार्टी गठन गर्ने संकेत

post_image
तृणमूल काङ्ग्रेसका निलम्बित नेता मुकुल

नईदिल्ली 8 अक्टूबर-तृणमूल काङ्ग्रेसबाट निलम्बित भएका नेता मुकुल रोयले नयाँ राजनीतिक दल बनाउन संकेत। पश्चिम बङ्गालमा आउनेवर्ष हुने पञ्चायत चुनाउमा आफ्नो राजनैतिक भविष्य खोज्न सक्छन्। भाजपामा सामेल हुनसक्ने अनुमान गरिएको थियो तर भाजपा सूत्रले अनुमान गरेअनुसार रोयले आफ्नो राजनैतिक शक्ति देखाउन आफ्नै सङ्गठन बनाउन योजना गरिएको छ। मुकुल रोयले पनि भने ‘पञ्चायत चुनाउमा लड्न हरेक सिटको लागि मसित उम्मेदवारहरू छन्,’ ‘तर राज्यसभाबाट राजिनामाको नै म भविष्यको रणनीति तयार गर्नेछु।’ तृणमूल काङ्ग्रेसबाट निलम्बित नेता अफ्नो राज्यसभा सीटबाट अर्को हप्ता राजिनामा दिन राजधानीमा छन्। उनले राजिनामा सुम्पन राज्यसभा सभापतिलाई समय मागेका छन्। कुनै बेला तृणमूल काङ्ग्रेसमा मुख्यमन्त्री ममता व्यानर्जीपछि दोस्रो नम्बरका नेताको हैसियत राख्ने रोयलाई पार्टीविरोधी गतिविधि गरेको भन्दै 6 वर्षकोको लागि पार्टीबाट निलम्बित गरेको छ। रोयले 25 सितम्बरको दिन भनेका थिए, ‘दुर्गा पूजापछि पार्टीबाट राजिनामा दिनेछु।’ राज्यसभाबाट राजिनामा दिएपछि आफ्नो राजनैतिक बाटो बनाउन उनी स्वतन्त्र बन्नेछन्। ‘तृणमूल काङ्ग्रेसका धेरै नेता अनि कार्यकर्ता अनि पार्टीबाट असन्तुष्ट मानिसहरूसित मेरो सम्पर्क छ,’ उनले भनेका छन्।शुक्रबार दिल्ली पुगेर बङ्गाल काङ्ग्रेस अध्यक्ष अधीर रञ्जन चौधरी अनि माकपाबाट निष्कासित नेता रिताब्रत व्यानर्जीलाई पनि भेटिसकेको छ। एजेन्सी




Leave comment