CDOLIVE.IN

  Tuesday , January 16 , 2018 9:04PM


राज्य सरकार विकासको पक्षमा, केन्द्रबाट स्थायी सामाधानबारे सुझाव आए मात्र चर्चा गर्ने-ममता ब्यानर्जी

post_image
मुख्यमन्त्री ममता व्यानर्जीले पत्रकारहरूलाई सम्बोधन गर्दै

कलकत्ता 13 अक्टूबर-आजको नवान्नमा विनय, अनित थापा साथै गोरामुमो, गोर्खालिगका र तीन विधायकहरूको उपस्थितिमा मुख्यमन्त्री ममता व्यानर्जीले बैठक गरिन्। स्पष्टरूपमा पहाडको विकास गर्ने पक्षमा नै राज्य सरकार रहेको र स्थायी सामाधानको सुभाव सरकारबाट आए मात्र चर्चा गर्ने भनिन्। सामाधान सरकारले नै गर्ने छ, दार्जीलिङ बङ्गालको अभिङ्ग अंग हो। अन्तराष्ट्रीयस्तरमा दार्जीलिङको खुबै चर्चामा छ, हामी दार्जीलिङलाई विकास गर्न चाहन्छौँ। मुख्यमन्त्रीले भनिन् बैठकमा पहाडको विकास र शान्तिको मुद्दामा चर्चा भएको बताइन्। पहाडको कुनै पनि दल पहाडमा अशान्ति चाहन्नन्, सबै दल नै पहाडको विकास होस्, शान्ति होस्, र रोगजारको बाटो निस्कियोस् भन्ने नै चाहन्छन्। 

दार्जीलिङमा हिंसा हुँदा मरेकाहरूबारे जुन क्षतिपूर्तिको कुरा भएको थियो, त्यसमा पनि चर्चा भयो। जिटीएको आउटस्ट्याण्डिङ बीलबारे पनि चर्चा भयो, वेतन र कामकाजको लागि दिइनुपर्ने बीलमाथि हामी हेर्ने छौं। बन्द अवधि तीन महिना काममा नभएको वेतन बारे आफूहरूले कुनै छुट दिने नदिनेबारे चर्चा गर्ने बताइन्। यी सबै विषयका सामाधान निकाल्न 21 नोभेम्बरको दिन सिलगढीको पिन्टेल भिलेजमा अर्को बैठक गर्ने पनि उनले बताएकी छन्।  

पहाडबाट केन्द्रिय वाहिनी फर्काएको सन्दर्भमा ममता भनिन्- केन्द्रले न्यायालयको निर्देशलाई अपमानना गरेकोमा प्रधानमन्त्री र गृहमन्त्रीसित कुरा गर्ने साथै स्थिति साम्य गर्न समय लाग्छ पनि बताइन्। बिजेपीको नेता पहाड जाने वित्तिकै उनीहरूको रिपोर्टको आधारमा केन्द्रिय वाहिनी फर्काइयो। हाम्रा पुलिस अधिकारीको मृत्यु भएको छ, प्रचुर हातहतियार, विष्फोटक भेट्टाइएको छ, मुख्यमन्त्रीले भनिन्, दार्जीलिङ चिकननेक क्षेत्र हो, नर्थइष्ट्रन, भुटान-नेपाल गेटवे हो, उनीहरूले (विमल गुरूङहरूले) हातहतियार नर्थइष्टबाट ल्याएका छ। 

यस्तोमा स्थितिमा केन्द्रिय वाहिनी फर्काउनु राम्रो निर्णय होइन। केन्द्र सरकारलाई भाजपाका कार्यालयले चलाईरहेको आरोप लगाइन्। केन्द्र सरकारले बङ्गाल विभाजन गर्न खोजिरहेको छ साथै अपराधीहरूलाई सहयोग गरिरहेको पनि आरोप लगाइन्। भाजपाले कुन गेम प्लान खेल्दै छ, त्यो हामीलाई थाहा छ, केन्द्रिय वाहिनी फर्काउने राजनैतिक र प्रशासनिक दुवैपक्षबाट गलत निर्णय हो। अनि बिजेपीले राजनैतिक षडयन्त्र गर्दैछ।




Leave comment