CDOLIVE.IN

  Friday , December 14 , 2018 12:21AM


उत्तरप्रदेश विष्फोटमा मारिनेको संख्या 22 पुग्यो

post_image
‘पावर प्लान्ट’मा विष्फोटको दृश्य

नयाँदिल्ली2 नोभेम्बर-भारत उत्तरप्रदेशको रायबरेलीस्थित एक ‘पावर प्लान्ट’मा भएको विष्फोटमा परी मारिनेको संख्या 22 पुगेको छ। घटनामा 57 जना घाइते छन्। उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ। प्रत्यक्षदर्शी कर्मचारीहरुका अनुसार बोइलर प्लान्टको ट्युबमा भएको विष्फोटको समयमा करिब साढे पाँच सय जना काममा व्यस्त थिए। विष्फोटलगत्तै थप क्षति रोक्ने उद्देश्यले बाहिरका मानिसलाई प्रवेश दिइएन। विष्फोटपछि आधा घण्टासम्म उक्त इलाकामा बाक्लो धुँवा देखिएको थियो । मारिने र घाइते हुने अधिकांश करारका कर्मचारी छन्। घटनास्थलबाट उद्दारको काम सकिएको रायबरेलीका जिल्लाधिकारी सञ्जय खत्रीले जानकारी दिए। उनका अनुसार बोइलरको पाइप विष्फोट हुँदा ठूलो मात्रामा ग्यास बाहिर निस्किएको थियो। सोही कारण आगो लागेको हो। एजेन्सी




Leave comment