CDOLIVE.IN

  Saturday , September 22 , 2018 5:11PM


केन्द्रिय गृहमन्त्रालले त्रिपक्षीय वार्ताको पत्र राज्यलाई पठायो – गुरूङ सित नबस्ने ममता ब्यानर्जी

post_image
ममता ब्यानर्जी अनि राज नाथ सिंह

कलकता 13 नोभेम्बर-केन्द्रीय गृह मन्त्रालयका मुख्य सचिवद्वारा राज्य सरकारका मुख्य सचिवलाई पहाडको मुद्दाबारे त्रिपक्षीय वार्ता गर्न इमेल मार्फत पत्रचार गरिएको थियो। बैठकमा केन्द्र अनि राज्य र गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङ पनि यस वार्तामा बस्ने केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले चाहेका छन्। बङ्गाल सरकारले केन्द्रले सङ्केत गरेको वार्तामा नबस्ने निर्णय लिएको छ। सूत्रले बताएअनुसार राज्यका मुख्य सचिवले केन्द्रिय गृमन्त्रालयलाई पत्रको जवाब दिदै भने विमल गुरूङलाई युएपीए मुद्दा लागेकोले उनलाई वार्तामा राख्ने कुरा नरहेको बताए। राज्य सचिवले केन्द्रिय गृमन्त्रालयलाई दार्जीलिङमा विमल गुरूङहरूले सञ्चालन गरिरहेको जिटीए पुरा भई सकिएर अहिले जिटीए कार्यवाहक बोर्ड प्रशासकद्वारा चलिरहेको पनि अवगत गराएका छन्। यसैले गुरूङहरूसित बैठक बस्ने कुनै औचित्य नरहेको पनि बताइएको छ। केन्द्रको गृहमन्त्रालयले राज्यलाई 9 नोभेम्बरको दिन इमेल गरेर पहाडको मुद्दामाथि त्रिपक्षीय वार्ता गर्ने र त्यसमा राज्य सरकारको सहभागिता होस् भन्ने कुरा उल्लेख गरेको छ। राजनाथ सिंहले पहाडमा विमल गुरूङकै पक्षमा जनता रहेकोले उनलाई वार्तामा राख्ने पर्ने कुरा गरेका छन्। राज्य सरकार विमल गुरूङसित वार्तामा नबस्ने नै स्पष्ट पारेको छ। राज्य सरकारले पहाडका अहिले विनय तामाङ अनि अनित थापालाई नेतारूपमा नै मान्यता दिएका छन्।




Leave comment