CDOLIVE.IN

  Saturday , June 23 , 2018 9:50AM


जमानतको निम्ति दर्ता गरिएको सुनावाई नभएसम्म गुरूङलाई पक्राउ गर्न नपाउने सर्वोच्चको आदेश

post_image
सुनुवाईको मिति तय नभइञ्जेलसम्म पक्राउ अनि दण्डनात्मक कार्यवाही गर्न नपाउने

दिल्ली20 नोभेम्बर- विमल गुरूङप्रति बङ्गाल सरकारद्वारा लगाइएको युएपीए मुद्दालाई लिएर सर्वोच्च न्यायालयमा वकिल आस्था शर्मा मार्फत अग्रिम जमानतको निम्ति याचिका दर्ता गरेका छन्। सर्वोच्च न्यायालयले विमल गुरूङद्वारा दर्ता गरिएको अग्रीम जमानतको याचिकालाई स्वीकार गरे पनि आज यसबारे सुनवाई हुन सकेन। सर्वोच्च न्यायालयले गुरूङको याचिकामाथि तत्काल फसेला नभए ता पनि सुनुवाईको मिति तय नभइञ्जेलसम्म उनलाई पक्राउ अनि दण्डनात्मक कार्यवाही गर्न नपाउने आदेश जारी गरिएको छ। विमल गुरूङ अहिले भूमिगत नै रहेका छन्। तीन महिनासम्म भएको आन्दोलनमा गुरूङले देशद्रोही क्रियाकलाप गरेको भन्दै बङ्गाल सरकारले आरोप साथै विभिन्न मुद्दाहरू लगाइएको छ। आन्दोलन समयमा विभिन्न विष्फोटहरू भएको थियो। पुलिसले धेरै मात्रामा हातहतियारहरू फेला पारेको थियो। ममता व्यानर्जीले विमलको सम्बन्ध नर्थइष्टका जङ्गी, नेपालका माओवादी सङ्गठनहरूसित साठगाठ रहेको आरोप लगाउँदै आइरहेकी छ। विमल गुरूङले अगणतान्त्रिक आन्दोलन गरेको कारणले नै आफूहरूले विमल गुरूङको साथ छोडेको भन्दै छुट्टै राज्यसम्म जिटीएमार्फत नै पुग्ने घोषणा विनयले गरेको छ। विनय र अनितले जिटीए मार्फत विकास गर्ने पक्षमा छन्। पहाडको विकासकै निम्ति 21 नोभेम्बरको दिन पिन्टेल भिलेजमा राज्य सरकारसित द्वीपक्षीय वार्ता गरेको छ। आज विनय तामाङलाई पार्टीको अध्यक्ष बनाएर मोर्चाको केन्द्रिय कमिटीले विमलको ठाउँमा विनय तामाङलाई अध्यक्ष बनाएको घोषणा गरेको छ। विमल गुरूङको अग्रिम जमानतको निम्ति दर्ता गरिएको याचिकामाथि सुनवाईको मिति तय नभइञ्जेलसम्म पक्राउ गर्न नपाउने खबर फैलिएपछि विमल गुट समर्थकहरू खुशी व्याक्त गरेको छ भने कालेबुङ तिर पटेका नपड़के पनि मङ्पूमा भने पटेका पड्काएर विमल गुरूङका समर्थकहरूले हर्ष मनाएको खबर प्रप्त भएको छ।

Related Photos




Leave comment