CDOLIVE.IN

  Thursday , December 13 , 2018 11:40PM


दोक्लमपछि अरुणाचलको सिमानामा चीन र भारतबीच अर्को विवाद

post_image
सी जिनपिङ र नरेन्द्र मोदी

4 जनवरी-दोक्लम विवाद सेलाएको केही महिनापछि नै अरुणाचल प्रदेशको सीमा क्षेत्रमा भारत र चीनबीच अर्को विवाद उत्पन्न भएको छ। गत जनवरी 28 का दिन चिनियाँ सडक निर्माणकर्ताहरुको एक टोली नियन्त्रण रेखाबाट एक किलोमिटर भित्र प्रवेश गरेको र भारतीय सेनासँग जम्काभेट भएपछि उनीहरु फर्केको जनाइएको छ। प्रेस ट्रष्ट अफ इण्डियाले सरकारी स्रोत उधृत गर्दै जनाएअनुसार भारतीय सेनाले चिनियाँ पक्षको दुई ओटा डोजरसहित निर्माण सामग्री पनि कब्जा गरेको छ। यद्यपि भारत सरकारले यसबारे कुनै औपचारिक टिप्पणी गरेको छैन। सरकारी स्रोतले सो स्थानमा चिनियाँ सेना नभएको बताए पनि सेनासहितको चिनियाँ टोलीको सामान भारतीय सीमा रक्षकहरुले खोसेको स्थानीयलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुवै पक्षबीच दोक्लममा जस्तो झडप नभए पनि भनाभन भएको बताइएको छ। यो समस्यालाई स्थापित माध्यमबाट हल गर्ने प्रयास भइरहेको पनि सरकारी स्रोतले बताएको छ। बुधबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले यो विवादको बारेमा आफूलाई जानकारी नभएको बताए। यद्यपि उनले आफूहरुले अरुणाञ्चल प्रदेशको अस्तित्व नै स्वीकार नगरेको पनि स्पष्ट पारे। ‘पहिलो कुरो त सीमानको बारेमा हाम्रो धारणा स्पष्ट र अडिग छ। हामीले कथित अरुणाचल प्रदेशको अस्तित्वलाई कहिल्यै स्वीकारेका छैनौँ। यो परिस्थितिको बारेमा भने मलाई जानकारी छैन,’ अरुणाचलको विवादबारे सोधिएको प्रश्नमा उनले भने। एजेन्सी




Leave comment