CDOLIVE.IN

  Sunday , August 19 , 2018 4:07AM


देहरादून गायिका शिकायना मुखियाले: धुम मचाउँदै

post_image
रियालिटी शो भोइस इंडिया गायिका शिकायना मुखियाले गाउँदै

मुम्बई 23 जनवरी–रियालिटी शो भोइस इंडिया कार्यक्रमलाई एण्ट टीवीले प्रसारण गरिरहेको किड्समा देहरादूनका बाबु छोरीको जोड़ीले धुम मचाइरहेको छ । देहरादूनका विकास ङीरा मुखियाको 11 सालकी छोरी शिकायनाले यो शो को टप-टेनमाठाउँ बनाएर खासै लोकप्रियता बटुलेकी छ। देहरादूनको सेंट थॉमस स्कूलको छैटौ श्रेणीमा पढ़ने शिकायनाले यो आफ्नो खास गायकीले यो उँचाई हासिल गरेकी हो यो शो मा उत्तराखण्ड राज्यका अरु नानीहरूले पनि भाग लिएका थिए तर पहिलेको केही राउण्डमा नै तिनीहरू बाहिरिए । तर शिकायनाले आफ्नो गायकीले सफलताको सिँड़ी चड़दै गइरहेकी छ । शिकायनाका पिता विकास मुखिया आफै एक गायक हुन् अनि कुनै फॉर्मल ट्रैनिंग विना आफ्नो गायिकीलाई अघि बढ़ाइरहेका छन् ।आफ्नो पिताबाट नै उसलाई विरासतमा संगीतप्रति प्रेम भएको हो अनि सानो उमेरदेखि नै उ गीतहरू गुनगुनाउँथी । 

अहिले उ देहरादून फर्केर आएकी छ अनि चैनल की तरफबाट प्रतियोगिताको अघिल्लो से पड़ावको तारिक पर्खिरहेकी छ। संगीत बाहेक उ ससाना कथाहरू पनि लेख्ने गर्छे अनि आफ्नो सानो भाईसित खेल्न रुचाउँछे।शिकायनाकी आमा देहरादूनको कर्नल ब्राउन स्कूलमा पढ़ाउँछिन् । शिकायनाले जब आफ्नो जज हिमेश रेशमियाको नकल गरेर उसको गीत गाई अनि दर्शकहरूले जब यो खुबै मन पराए तब यो घटना उसको निम्ति खुबै स्मरणीय रहेको छ । 

शान, हिमेश, पलक, पपॉन जस्ता संगीका दिग्गजहरूको सामुन्ने प्रदर्शन गरेको अनुभव बारे उ भन्छे –पहिले अलि अलि नर्वस थिएँ एक्साइटेड पनि । मैले कैसी पहेली है ये ज़िदगी’ गाएँ अनि सबै जजहरूले मेरो तारिफ गर्दा मलाई धेरै राम्रो लाग्यो ।” बाबु छोरीको यो जोड़ीलाई उत्तराखंडमा मात्र होइन देशभरि नै मन पराइन्दैछ शिकायनाका पिता भन्छन् “हिज मात्र मेरी छोरीका महाराष्ट्राका फैंसको तर्फबाट पुरस्कार आएको छ।” आज ङीरा अनि विकास आफ्नी छोरीले पाएको सफलताले खुशी छन्, उनीहरू भन्छन् , “हाम्री छोरीले यो कड़ा प्रतियोगितामा जुन सफलता हासिल गरेकी छ हाम्रो निम्ति त्यो जीत भन्दा कतै पनि कम होइन।”

Related Photos




Leave comment