CDOLIVE.IN

  Tuesday , November 20 , 2018 1:48PM


लालुप्रसाद यादव भ्रष्टाचारको तेस्रो मुद्दामा पनि दोषी पाँच वर्ष जेल

post_image
लालुप्रसाद यादव भ्रष्टाचारको तेस्रो मुद्दामा पनि दोषी

पटना 24 जनवरी-विहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव भ्रष्टाचारको तेस्रो मुद्दामा पनि दोषी भएका छन्। बुधबार झारखण्डको राँचीस्थित सिबिआई अदालतले चारो घोटालामा अर्का पूर्वमुख्यमन्त्री जगनाथ मिश्र र यादवलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ। दुबै जनालाई पाँच/पाँच लाख भारु जरिवाना तिराउने पनि फैसला गरेको छ।
विहारबाट झारखण्ड छुट्टिनुअगावै 1994 देखि 1996 सम्ममा देउघर कोषबाट 84.5 लाख भारु पैसा नियमविपरित निकालेको मुद्दामा अदालतले आज फैसला सुनाएको हो। यो घटनामा 76 जनाविरुद्द मुद्दा चलेको थियो। लालु अहिले राँचीस्थित बिर्सामुन्डा केन्द्रीय कारागारमा छन्। उनी सन् 1990 को दशकमा भएका अन्य दुई चारो घोटालामा दोषी पाइएपछि जेल परेका हुन्। उनलाई साढे तीन वर्ष जेल सजाय तोकिएको थियो। लालुको राष्ट्रिय जनता दलले अदालतको फैसलाविरुद्द उच्च अदालत जाने बताएको छ। एजेन्सी




Leave comment