CDOLIVE.IN

  Sunday , June 24 , 2018 4:43AM


मानव उत्थान सेवा समितिद्वारा नयाँ दिल्लीमा बृहत रक्तदान शिविर

post_image
श्री हंस सत्संग भवन पंजाबी बाग, नयाँ दिल्लीमा 18 फरवरीको दिन एउटा वृहत रक्तदान शिविर आयोजन

नई दिल्ली 19 फरवरी-हंस सत्संग भवन नयाँ दिल्लीबाट प्राप्त खबर अनुसार मानव उत्थान सेवा समितिको तत्वावधानमा अनि अखिल भारतीय आयुर्विज्ञान संस्थानको सौजन्यमा उत्तराखण्ड सरकारका केविनेट मंत्री श्री सतपालजी महाराजको प्रेरणामा श्री हंस सत्संग भवन पंजाबी बाग, नयाँ दिल्लीमा 18 फरवरीको दिन एउटा वृहत रक्तदान शिविर आयोजन भयो । विहान 9 बजेदेखि शुरु भएर वेलुकी चार बजेसम्म यो शिविर संचालन भएको थियो । रक्तदान शिविरमा अखिल भारतीय आयुर्विज्ञान संस्थान प्रशासन विभागका प्रोफेसर डा. आइ वी सिँहले भन्नुभयो कि युवा अनि स्वस्थ मानिसले रक्तदान गर्नुमा कुनै नोक्सान छैन । त्यसरी नै रोगी मानिसहरूको निम्ति रक्तदान जीवनको आशा हो, यसैले रक्तदान जीवनदान भनिएको छ । 

जब हामी जीवन र मरणको विचमा जुझिरहेकाहरूलाई रक्तदान गर्छौँ, उनीहरूको निम्ति रगतको इन्तजाम गर्छौँ तब सपनाबाट विपनामा ब्युँझे झैँ लाग्छ अनि रक्तदान कति महत्वपूर्ण रहेछ त्यो थाह लाग्छ । यस्तो पवित्र कार्यमा सहयोग प्रदान गर्दै हामी रक्तदान गरौँ । कार्यक्रममा सुप्रसिध्द समाजसेविका श्रीमति आराध्या, भाजपा नेत्री श्रीमति रुवी यादव, श्रीमति युनिवर्श पश्चिम एशिया, निगम पार्षद पूर्वा सांकला, सुनिता मिश्र, वैज्ञानिक मञ्जीत सिंह, एस एम फिल्म प्रोडक्सन डाइरेक्टर केशव माधव, आदि धेरै गण्यमान्य मानिसहरू उपस्थित भएर दीप प्रज्ज्वलन गरिवरी रक्तदान शिविरको उद्घाटन गरेका थिए। रक्तदान शिविरमा गण्यमान्य अतिथीहरू अनि समाजसेवीहरूलाई माउसेसको तर्फबाट पुष्पगुच्छा अनि स्मृतिचिन्हहरू प्रदान गरिएको थियो । 

अन्तमा समाजसेविका आराध्याजीले उपस्थित सबैलाई यस्तो पुनित कार्यमा सहयोग गरेर प्रेरणा दिए वापत धन्यवाद दिनुभयो अनि हंस सत्संग भवनका प्रवन्धक महात्मा कमलेशानन्दजीले शिविरमा आएका मूख्यअतिथी अनि रक्त दान दिने स्वयंसेवकहरूलाई धन्यबाद दिँदै भन्नु भयो कि रक्तदान भन्दा ठूलो दान अर्को महादान छैन। शिविरमा एक सय भन्दा वेसी स्वयंसेवकहरूले रक्तदान गरेका थिए अनि कार्यक्रमको व्यवस्थापना नवीन सिंघलले निभाएका थिए । मञ्च संचालन शंकर शर्माले गरे । प्रेषक-नई दिल्ली श्री डीडी चौहान -प्रेषक –माधव बुढ़ाथोकी सूचना तथा प्रचार सचिव, माउसेस, उत्तर पूर्बाञ्चल क्षेत्र l

Related Photos




Leave comment