CDOLIVE.IN

  Saturday , September 22 , 2018 3:20PM


भाजपाको हमला वामपन्थीको किल्लामा

post_image
त्रिपुरा विधानसभा चुनावको प्रारम्भिक नतिजाले केन्द्रका पदाधिकारी

नई दिल्ली 4 मार्च-त्रिपुरा विधानसभा चुनावको प्रारम्भिक नतिजाले केन्द्रको सत्तारुढ दल भाजपा भारी बहुमततर्फ अग्रसर भएको छ । 25 वर्षदेखि वामपन्थीको सरकार रहेको त्रिपुरामा भाजपाले हमला गर्दै सरकार बनाउने स्पष्ट सं‌केत दिएको हो । अर्कातिर मेघालयमा शुरूवात रुझानले कांग्रेसलाई अग्रता मिलेको छ। यो राज्यमा अहिले पनि कांग्रेसकै सरकार छ । नागाल्यान्डमा भाजपा गठबन्धन र नगा पिपुल्स फ्रन्टबीच कडा प्रतिस्पर्धा देखिएको छ । पूर्वोत्तरका तीन राज्य त्रिपुरा, मेघालय र नगाल्यान्डमा भएको विधानसभा चुनावको मतगणना जारी रहँदा भाजपाले प्रभाव छाडेको देखिएको हो । त्रिपुराको 60 सदस्यीय विधानसभाका लागि भएको चुनावमा 292 उम्मेदवार छन् । जसमा 23 महिला पनि सामेल छन् । त्रिपुराको 59 सिटमा मतदान भएको हो । राज्यको 60 सदस्यीय विधानसभा सिटमध्ये 49 मा मतगणना भइरहेको छ। चारीलाम सिटमा मार्क्‍सवादी कम्युनिस्ट पार्टी (माकपा) का उम्मेदवार रामेन्द्र नारायण देबर्माको निधन भएपछि 12 मार्च मतदान हुने भएरो छ। त्रिपुरामा सन् 1993 देखि मार्क्‍सवादी कम्युनिस्ट पार्टी (माकपा) को नेतृत्वमा वाम मोर्चाको सरकार रहँदै आएको छ । 20 सालमा राज्यको बागडोर मुख्यमन्त्री माणिक सरकारको हातमा छ । तर यस पटक सुरुवाती रुझानले भाजपाले माकपालाई कडा टक्कर दिएको छ । यहाँ बीजेपीले क्षेत्रीय दल इन्डिजिनस पिपुल्स फ्रन्ट अफ त्रिपुरा (आईपीएफटी) सँग गठबन्धन गरेर चुनाव लडेको हो । सन् 2013 को विधानसभा चुनावमा भाजपाले त्रिपुरामा 50 उम्मेदवार उठाएको थियो । जसमा ४९ जनाको जनमात नै खोसियो । त्यो बेला बिजेपीलाई केबल 1.87 प्रतिशत मात्रै भोट मिलेको थियो । त्यो बेला बिजेपीले एक सिट पनि जितेको थिएन । अर्कातिर माकपाले भने त्यो बेला 49सिट जितेको थियो भने कांग्रेसले 10 सिटमा बाजी मारेको थियो । त्यसैगरी अर्को राज्य नगाल्यान्डमा 59 सिटका लागि भएको चुनावमा 193 जना उम्मेदवार मैदानमा थिए । नगाल्यान्डमा बीजेपी यस पटक नवगठित नेशनलिस्ट डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (एनडीपीपी) सँग मिलेर चुनावमा उत्रेको थियो । बीजेपीले 20 सिटमा उम्मेदवारी दिँदा एनडीपीपीले 40 सिटमा उम्मेदवारी दिएको छ। विलियमनगर सिटमा राष्ट्रवादी कांग्रेस पार्टी (राकांपा) के उम्मीदवार जोनाथन संगमाको 18 फेब्रुअरीमा पूर्वी गारो हिल्स जिल्लाम विस्फोटनमा परी ज्यान गएपछि यस सिटको मतदान रद्द गरिएको छ । कांग्रेसले यो राज्यमा एक दशकदेखि शासन गर्दै आएको छ । पार्टीले यस पटक पनि सबै सिटमा उम्मेदवारी दिएको छ। कांग्रेसले सन् 2013 को चुनावमा 29 सिट जितेको थियो । राज्यका मुख्यमन्त्री मुकुल संगमा यस पटक दुई विधानसभा अमपाती र सोङ्गसकबाट चुनावी मैदानमा छन् । मेघालय विधानसभाको 59 सिटका लागि 372 उम्मेदवार मैदानमा छन् । मेघालयमा यस पटक 84 प्रतिशत मतदा भएको छ ।सत्तारूढ कांग्रेसका अलावा बीजेपी, नेशनल पीपुल्स पार्टी (एनपीपी) र नवगठित पीपुल्स डेमोक्रेटिक फ्रन्ट प्रतिस्पर्धामा छन् । सन् 2013 मा भएको चुनावमा भाजपाले यस राज्यमा 13 उम्मेदवार उठाएको थियो । तर कसैले जितेनन् । अर्कातिर एनपीपीले भनते 32 मा 2 सिट मात्र जितेको थियो । यी तीनै राज्यमा बिहानै 8 बजेदेखि मतगणना थालिएको छ । त्रिपुरामा 18 फेब्रुअरीमा भोट भएको थियो । मेघालय र नगाल्यान्डमा 278 फेब्रुअरीमा मतदान भएको थियो । तीनै राज्यमा जम्मा 857 उम्मेदवारको फैसला हुन लागेको हो । यी राज्यमा सबैभन्दा ध्यान त्रिपुरामा अडिएको छ । जहाँ 25 वर्षदेखि वाम दलको शासन रहेको छ। केरलका अलावा वामको सरकार केबल यही राज्यमा मात्रै छ । यदि त्रिपुरामा वामपन्थीको हार भएमा यहाँ एउटा युग नै अन्त्य हुनेछ । एजेन्सी




Leave comment