CDOLIVE.IN

  Sunday , December 16 , 2018 11:22PM


भाजपाले जितेपछि ढालियो लेनिनको मूर्ति

post_image
त्रिपुरा रूसी क्रान्तिका नायक ब्लादिमिर लेनिनको मूर्ति ढाल्दै

नई दिल्ली 7 मार्च-भारतको त्रिपुरास्थित विधानसभा चुनावमा भारतीय जनता पार्टीले जितेपछि तोडफोड र हिंश्रक प्रदर्शन भइरहेको छ। सरकार गठन भन्दा पहिले त्रिपुरामा वामपन्थी स्मारक पनि भत्काइएको छ। समाचार एजेन्सी एएनआईका अनुसार त्रिपुराको बेलोनिया सब डिविजनमा रूसी क्रान्तिका नायक ब्लादिमिर लेनिनको मूर्ति ढालिएको छ। लेनिनको मूर्ति बुलडोजरको सहयोगमा ढालाएको छ। मूर्ति ढालाएका बेला भारत माताकी जयको नारा लगाइएको थियो। पुलिसका अनुसार भाजपा कार्यकर्ताले बुलडोजर ड्राइभरलाई मदिरा पिलाएर मूर्तिलाई ढालेका हुन्। ड्राइभरलाई पुलिसले गिरफ्तार गरेको छ। मूर्ति ढालाएको बुलडोजर पनि पुलिसले नियन्त्रणमा लिएको छ। त्रिपुरामा लेनिनको मूर्ति ढालाएको स्थानमा धारा 144 लगाएर ठुलो संख्यामा पुलिस परिचालन गरिएको छ। यस घटनाबारेमा दलहरुबीच चर्को आरोप प्रत्यारोप पनि शुरू भएको छ। भाजपा नेता र राज्यसभा सांसद सुब्रमण्यम स्वामीले पनि यसबारे टिप्पणी गरेका छन्। उनले लेनिनलाई विदेशी मात्रै संज्ञा दिएनन्, आतंकवादी भएको पनि आरोप लगाए। 'यस्तो व्यक्तिको मूर्ति हाम्रो देशमा किन?', उनले प्रश्न गरेका छन्, 'यो मूर्ति कम्युनिस्ट पार्टीको हेडक्वार्टरभित्र राखेर पूजा गरे हामीलाई आपत्ति छैन।' त्रिपुरामा 25 वर्षको वामपन्थी शासनपछि भाजपाले जित दर्ता गराएको छ। सीपीआई (एम) ले भाजपा र आईपीएफटीका कार्यकर्ता हिंसामा उत्रेर आक्रमण थालेको आरोप लगाएको छ। वामपन्थी पार्टीको कार्यालयमा तोडफोड गरिएको छ भने कार्यकर्तालाई घेरा हालेर आक्रमण भइरहेको छ। लेनिनको मूर्ति तोडिएपछि भारतका वामपन्थी दल र उनीहरुका कार्यकर्ता रुस्ट भएका छन्।




Leave comment