CDOLIVE.IN

  Wednesday , November 22 , 2017 8:28PM


डुवर्सस्थित कालचिनी चियाबारी बन्द

post_image
कालचिनी चियाबारी अचानक बन्द

डुवर्स 8 फरवरी- जलपाईगढ़ी जिल्लाको डुवर्सस्थित कालचिनी चियाबारी बुधवारदेखि बन्द भएको जानकारी प्राप्त भएको छ। डुवर्सको क्षेत्र बन-जंगल अनि चियाबारीले घेरिएको क्षेत्र रहेको छ। यहाँका प्रत्येक मानिसहरू बन जंगल अनि चियाबारीमा आश्रित रहेको छ। चिया बगान बन्द हुने जारी दिन-दिनै बढ़दै गइरहेको छ। बुधवारदेखि डुवर्समा अवस्थित कालचिनी चियाबारी अचानक बन्द भएको छ। स्थानीय चियाकमानका श्रमिकहरूले बताए अनुसार यसभन्दा अघि देखिनै कालचिनी चियाबारीको आर्थिक स्थिति राम्रो थिएन। अहिले आएर चियाबारी बन्द भएपछि अझ जटिल स्थिति उत्पन्न हुने बताए। बुधबार बिहानै कालचिनी चियाबारीका प्रबन्धक पक्षद्वारा कुनै सूचना नदिइ चियाबारी बन्द गरेर भागेको घटना प्रकाशमा आएको छ। बन्द चियाबारी खोल्नु पर्ने माग लिएर श्रमिकहरूले यहाँको मोम-बत्ती मोड़मा बुधवार केही घण्टासम्म धरना गरे। यस्तो स्थितिमा कमान बन्द गरेर डुवर्सका गरिब जनता साथै श्रमिकहरूलाई सिधै हेपाई गरेको बताएका छन्। यस्तो स्थितिमा सरकारी पक्षबाट शोषित श्रमिकहरूको हितमा सकारात्मक सहयोग पाउनु पर्छ भनि कालचिनी चियाबारीका श्रमिकहरूले माग गर्दै छन्।




Leave comment