CDONETWORK

  Sunday , July 5 , 2020 3:10PM


बंगाल सरकारले भार निश्चय गरि दिजाहोस्- चालक संगठन

post_image
गोर्खा एकता चालक संगठन का सागर राईले पत्रकारलाई सम्बोधन गर्दै

दार्जिलिङ 4 जून-गोर्खा एकता चालक संगठन केन्द्रीय समितिको बैठक बस्यो । बैठकमा बर्तमान दार्जिलिङ पहाडमा भारा दर विषय लिएर चर्चा परिचर्चा गरियो । सभाले निर्णय लिदै पश्चिम बंगाल सरकारको यातायात मंन्त्री अनि बिधायक निरज जिम्बालाई पत्रचार गरेको छ कारण दार्जिलिङ पहाड अनि सिलिगुडीमा यातायात सेवा शुरु भएको छ। भाडा दरमा धेरै असुविधा भएको कारण चालक दाज्युभाईहरुले ज्यादा भारा माग्नु सकेको छैन साथै यात्रीहरुले पनि भारा ज्यादा दिनु सकेको छैन यसैकारण पश्चिम बंगाल सरकारले चाडो भन्दा चाडो भारा दर विषय लिएर फैसला हुनु पर्छ मांग राखेको छ। अहिलेको यस महामारीलाई ध्यानमा राख्दै चालक दाज्युभाई अनि यात्रीहरु दुवै पक्षलाई सठिक भारा दर तोकिदियोस ताकी दुवै पक्ष मर्कामा नपरोस् । दार्जिलिङ बाट पनि पहाडका विभिन्न स्थानहरुमा कर्मचारीहरु आफ्नो कार्यलय दैनिक रुपमा जान थालेका छन्  सरकार द्वारा जारी अध्यादेश अनुसार शारीरिक दुरि अपनाउन पर्ने हुनाले सधै जाने यात्रीहरुलाई चालक दाज्युभाईहरुले ५०% प्रतिशत  भारा दर लिएर लाने ल्याउने गर्छ  तर अब यस भारा दारमा दाज्यु भाईहरुलाई नपोसाउने हुनाले चाडो भन्दा चाडो पश्चिम बंगाल सरकारको यातायात मंत्रालयले भारा दर तोकिएको हुन पर्छ र यसको निम्ति गोर्खा एकता चालक संगठनले पश्चिम बंगाल सरकारको यातायात मन्त्रालय अनि बिधायक निरज जिम्बालाई पत्रचार गरिसकेको छ । बिधायक निरज जिम्बा पश्चिम बंगाल सरकारको यातायात  बिभाग कमिटीको कार्यकारिणी सदस्य भएको नाताले वहाँलाई पत्रचार गरिएको छ।






Leave comment