CDONETWORK

  Thursday , December 3 , 2020 9:01AM


29 औं नेपाली भाषा मान्यता दिवस

post_image
नेपाली भाषालाई मान्यता दिलाउँन भाषा आन्दोलनकारी

20 अगस्त  सिलगढ़ी - नेपाली भाषाले संविधानको आठौं अनुसूचीमा अन्तर्भुत्ति भारतीय नेपाली जातिको निम्ती अति नै गौरवको विषय हो,आज भारत झैं विशाल देशमा अनेकन् भाषा-भाषीहरु,अनेकौं थरिथरिका संस्कार-संस्कृति मान्ने मानिसहरु वसोवासो गर्छन् तर 22वटा भाषाले मात्र संविधानिक मान्यता पाएका हुन् जसमध्ये एउटा हाम्रो मातृभाषा हो नेपाली ।विश्वमा नै दोस्रो जनसंख्या रहेको देशमा 28 वर्ष अघि नै हाम्रो भाषाले मान्यता पाउनु भनेको हाम्रो जातिकै पहिचान-परिचय र मर्यादा पाउनु हो। अनि 36 वर्षको भाषा आन्दोलनको लामो संघर्ष पछि हाम्रो भाषाले मान्यता पाएकोले यसको महत्व,मर्यादा वुझेर गर्वले यसको प्रयोगमा जोर दिऔं,नयाॅ पुस्तामा यसको इतिहास र महत्व वुझाऔ , पठन-पाठनमा जोर दिऔं ,सर्वभारतीय स्तरमा लिन्क भाषा अर्थात सेतू- वन्धनको भाषाको रूपमा विकसित गर्दै भाषालाई भारतीय नेपालीकरण गर्नमाथि जोर दिऔं । अन्य केही मान्यता प्राप्त भाषाले क्लासिक भाषाको रूपमा मान्यता पाउनुपर्छ भनी आन्दोलन गरिरहेको बेला हाम्रो समृद्धिशील भाषालाई सेतू-वन्धनको रूपमा जोर दिऔं ।अन्तमा दिवङगत भाषा सङ्ग्रामीहरूप्रति हार्दिक श्रद्धांजली अर्पण गर्दै भाषा आन्दोलनकारीहरूलाई शत् शत् नमन! - सिडियो डेस्क




Related Photos




Leave comment