CDONETWORK

  Thursday , December 3 , 2020 9:08AM


गोरामुमो समाजिक सेवा अभियान

post_image
गोरामुमोले समाजिक सेवा अभियान गर्दै

दार्जिलिङ 20 अगस्त-गोरामुमो समाजिक सेवा अभियान लाई जारी राख्दै दार्जिलिङ पहाडका विभिन्न बन्द होटेलका कर्मचारीहरुलाई राहत स्वरुप खाद्य सामाग्री बितरण कार्यहरु जारी रहेका छन् । यसैक्रममा दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डको सहयोगमा सेन्टर होटल अनि ग्लेन इगल होटलका 60 कर्मचारीहरुलाई गोरामुमो दार्जिलिङ टाउन कमिटीको अगुवाइमा राहत स्वरुप खाद्य सामाग्री बितरण गरेको टाउन कमिटीका महासचिव गोपाल परियारले जानकारी दिएका छन् ।गोरामुमो समाजिक सेवा अभियान अन्तर्गत सेन्टर होटलका कर्मचारीहरुलाई खाद्य सामाग्री बितरण गरेको यो दोस्रो पटक हो गत अप्रेल महिना देखि होटलका कर्मचारीहरुलाई अहिले सम्म वेतन नदिएको कारण टाउन कमिटीका सचिव गोपाल परियारले दुख व्यक्त गर्दै भने । लकडाउन अवधी अन्य होटेलहरुले आफ्नो कर्मचारीहरुलाई केही मात्रामा भए पनि वेतन दिएको तर सेन्टर होटलका मालिकले आफ्नो कर्मचारीहरुलाई यसरी अवहेलना गर्नु भनेको मानवताको विरुद्ध जानू हो । पर्यटन आगमनको बेला कर्मचारीहरुले दिन रात महेनत गरेर मालिक पक्षलाई फाइदा दिन्छ तर यस्तो बिकट परिस्थितिमा आफ्नो कर्मचारीहरुलाई यसरी अवहेलना गर्नु गलत कुरा हो । यसैकारण हामी सेन्टर होटेलका मालिकलाई बिन्ती गर्दछौं कि तपाइले आफ्नो कर्मचारीहरुलाई यस महामारीको समयमा आफ्नो परिवार सम्झेर केही हदसम्म सहयोग पुर्‍याए असल हुने थियो । भोलिको दिनमा तपाईको यहीँ कर्मचारीहरुले तपाईको ब्यवासाय लाई आफ्नो सम्झेर कार्य गर्ने छ र तपाईलाईनै फायदा हुने छन् भनी मिडिया मार्फत अपिल गरेका छन् ।यस्तो संकट्कालिन अवस्थामा होटल मालिकले सहयोग नदिएकोमा होटलका कर्मचारीहरुले दुख व्यक्त गरेका छन् भने गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्ड अनि गोरामुमो दार्जिलिङ टाउन कमिटीका प्रतिनिधिहरुलाई सहयोगको निम्ति होटलका कर्मचारीहरुले धन्यवाद दिदै आभार व्यक्त गरेका छन् ।





Related Photos




Leave comment