CDONETWORK

  Thursday , December 3 , 2020 9:15AM


मानव उत्थान सेवा समितिद्वारा सफाई अभियान सम्पन्न

post_image
मानव सेवादल सिक्किम राज्यस्तरीय रुपमा सफाई गर्दै

रम्फू 13 सेप्टेम्बर:मानव उत्थान सेवा समिति तथा मानव धर्मका प्रणेता सदगुरुदेव श्री सतपाल महाराजजीको 21 सेप्टेम्बर पावन जन्मोत्सवको दिनलाई केंद्रित गरि मानव उत्थान सेवा समितिका भातृ संगठन मानव सेवादल सिक्किम राज्यस्तरीय रुपमा सफाई अभियान शनिबार सुसम्पन्न भयो।उक्त सफाई अभियान सिक्किम राज्यको चारै जिल्लाको नौवौं तहसिलहरुमा भएको थियो।

कोविड 19 को महामारी सुरू भएदेखिनै समिति,सेवादल,तथा युवा प्रकोष्ठले सक्रिय रुपमा सामाजिक कार्य निरंतर गर्दै आईरहेछ भनि सफाई अभियानलाई पनि समितिले त्यतिनै महत्व दिरहेको छ।आध्यात्म ज्ञानद्वारा आत्माको सुद्धता हुन्छ भने पर्यावरण सुद्धताको निम्ति सफाई अभियान पनि त्यतिनै महत्व हुँदछ। बिशेष यो अभियान मानव सेवादल सिक्किम राज्य मण्डल प्रमुख लाल मान राईको बिशेष दिशा निर्देशनमा  स्कूल,अस्पताल,पंचायत भवन,समिति आश्राम परिषरमा भएको थियो।यो अभियानमा रम्फु प्राथमिक स्वास्थ्य केन्द्रकी चिकितशक प्रभारी डॉक्टर सन्ध्या राईले समिति,सेवादलप्रति आभार प्रकट गरिन भने माक्स,पंजा र चिया-चमेनाको वेवस्था पनि डॉक्टर सन्ध्याले गरेकी थिईन।





Related Photos




Leave comment