CDONETWORK

  Thursday , December 3 , 2020 9:22AM


प्रसिद्ध बिध्यालय सेक्रेट हाइट स्कुलको निरीक्षण बिनय तामाङ निरीक्षण

post_image
गोजमुमो केन्द्रीय समितिको साथै बिनय तामाङद्वारा निरीक्षण

सुकेपोखरी 29सेप्टेम्बर- सुके मानेभन्ज्याङ समष्टि अन्तर्गत मजुवा ग्राम पंचायतको वार्ड नम्बर चारमा अवस्थित क्षेत्रका प्रसिद्ध बिध्यालय सेक्रेट हाइट स्कुललाई गत केही अधि दिन देखि लगातार परिरहेको पानीले बिध्यालय भवन सगै बिद्यालयको खेल मैदान अनि आरूबौटै गाउँका धरैवटा धरलाई क्षति पुगेको थियो । गत केही दिन अधि देखि परिरहेको लगातार पानी झरीले बिध्यालय भवन खेल मैदानमा ठुलो पहिरो गएको छ भने सही पहिरोको कारण गाउँका बिभिन्न स्थानमा अवस्थित धैरै वटा धरलाई ठूलो क्षति पुगेको छ।जसको कारण गाउँका धरै धैरै धर परिवार राहत शिविरमा बस्न बाध्य भएको छ। 

उक्त क्षेत्रमा समय सठिक व्यवस्थापन अनि रोकथाम नगरे भविष्यमा भवनलाई ठुलो क्षति पुग्ने साथै ठुलो दुर्घटना सृष्टि हुने प्रबल सम्भावना रहेको देखिएको छ । आज गोजमुमो केन्द्रीय समितिको अध्यक्ष बिनय तामाङ,

गोजमुमो सुके मानेभन्ज्याङ समष्टि अनि जिटिऐ जौरबंगलो सुकेपोखरी अभियन्ता डिभिजनका अभियन्ता लगायत समष्टिले उक्त क्षेत्रको क्षतिलाई जायजा लिन स्थगलत निरीक्षण अनि भ्रमण गरेका छन् । उक्त बिद्यालय भवनको क्षति बारे समष्टि सभापति बुद्ध तामाङ, स्थानीय गोजमुमो बुथ कमिटि सभापति दिलेन सुब्बा, सचिव संजय लिम्बूले संचार माध्यमलाई जानकारी गराएका छन् । - रिपोर्ट पि छिरिङ सुकेपोखरी ।




Related Photos




Leave comment