CDONETWORK

  Thursday , December 3 , 2020 9:31AM


गोजमुमो 14 औँ स्थापना दिवस सुके मानेभन्ज्याङमा पालन

post_image
गोजमुमो सुके मानेभन्ज्याङ समष्टिले 14 औँ स्थापना दिवस पालन गर्दै

सुकेपोखरी 7 अक्टुबर- गोजमुमो सुके मानेभन्ज्याङ समष्टिले पनि आज पार्टीको 14 औँ स्थापना दिवस समष्टि कार्यलयमा साधारण रूपमा पालन गरियो। समष्टि सभापति बुद्ध तामाङले कार्यलय परिसर अधि पार्टीको झण्डा उत्लन गरि कार्यक्रम आरम्भ गरियो । समष्टि सयुक्त सचिव फुर्बा छिरिङ शेर्पाले संचालन गरेको कार्यक्रममा प्रथममा दिप प्रज्वलन गरी अलग राज्य प्राप्तिको लागि प्राणको आहुति दिने शहीदहरूलाई स्मरण गर्दै श्रद्धान्जली अर्पण गरियो। दोस्रो चरणमा समष्टि सभापति बुद्ध तामाङले कार्यक्रममा सम्बोधन गर्दै स्थापना दिवस अनि पार्टीको भावी कार्यक्रम बारे प्रकाश पारे । कार्यक्रममा समष्टि नारी मोर्चा, युवा मोर्चा, समष्टि अन्तर्गत रहेको शिक्षक संगठन अनि भातृय संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। 







Related Photos




Leave comment