CDONETWORK

  Thursday , December 3 , 2020 9:42AM


कालेबुङमा गोरामुमो द्वारा सडक मार्ग निर्माण

post_image
कालेबुङका विभिन्न गाउँ बस्तीहरुमा सडक मार्गहरु निर्माण गर्दै

कालेबुङ 7 अक्टुबर-गोर्खा राष्ट्रिय युवा मोर्चाले अध्यक्ष मन घिसिङको निर्देशन अनुसार आफ्नो समाजिक अभियानलाई जारी राख्दै  कालेबुङका विभिन्न गाउँ बस्तीहरुमा सडक मार्गहरु निर्माण साथै मर्मत गरिरहेका छन् । कालेबुङ ब्राञ्च कमिटी गोरामुमो युवा मोर्चाका अध्यक्ष बुद्ध तामाङले पत्रकारहरुलाई जानकारी भने । कालेबुङ 24 नम्बर समष्टि अन्तर्गत पापरिङ टारमा सडक मार्ग बनाउने कार्यको शुरूवात गरेका छन् । गोर्खा राष्ट्रिय युवा एकाइ कालेबुङ ब्राञ्च कमिटीको अगुवाइमा शुरूवात गरेको कार्यलाई 5 दिन सम्म जेसीबी मशिन लगाएर कार्यको शुरूवात गरेको बुद्ध तामाङले जानकारी दिएका छन् ।

गोरामुमो अध्यक्ष मन घिसिङ्को आदेश अनुसार यसरी गाउँ घरहरुमा हामीले समाजिक कार्य गर्न पाउदा अनिनै खुशी भएका छौ साथै कालेबुङ ब्राञ्च अन्तर्गत सबै समष्टिका युवाहरुले पनि अब आफ्नो गाउँ बस्तीमा आफ्नो क्षमता अनुसार सामाजिक कार्यहरु गरिदिने अपिल गरेका छन्।





Related Photos




Leave comment