CDONETWORK

  Thursday , December 3 , 2020 9:13AM


किन कलकोताको वैठकपछि, विनय र अनित खुशी भए?

post_image
चर्चाको विषयमा दुई नेता
किन कलकोताको वैठकपछि, विनय र अनित खुशी भए? चर्चामा के आए , के आएन?
------------------------------------------------------------------------

विमल चाहिँ कहाँ छन् त?

हिज पहाडवासी ‌मात्र नभएर उत्तरवंग लगायत सम्पूर्ण गोरखा जातिको नजर अडेको थियो कोलकाताको नवान्नमा सम्पन्न भइरहेको वैठकमा। वैठकपछि विनय र अनितको वडी ल्यांग्वेजद्वारा खुशी भएको स्पष्ट झल्किन्थियो ।
‌‌
चर्चापछि निर्णय:

क) विनय र अनितलाई पहाडको अभिभावक घोषणा गरियो, फलतः विनय खेमाद्वारा पटेका पड्काइयो।
ख) अबउसो पहाडका विभिन्न बोर्डको डोरी पनि विनय र अनितको हातमा नै रहने।
ग) अस्थायी कर्मचारीहरुको स्थायीकरणवारे कार्य गरिने,फलतः: हजार भन्दा अधिक कर्मचारीलाई फाइदा पुगे निश्चय: चुनावमा‌ प्रत्यक्ष लाभ पुग्ने।
घ) सिन्कोना समस्या र मिरिक सुन्दरीकरणवारे पाइला चालिने।

चर्चामा नआएका:

क) विमल गुरुङवारे चर्चा नचलेको रिपोर्ट ‌ प्रकाशित ।
ख) मुख्यमन्त्रीले ऐन आफ्नो पथमा हिँडने‌छ भन्ने कुरा मात्र बताइन्।
ग) चिया कमानको पर्जा-पट्टा वारे चर्चा चलेको रिपोर्ट प्रकाशित छैन।
घ) गोरूवथान लगायत कतिपय क्षेत्रमा महकुमा दर्जाको माग स्थानीय रूपमा उठे पनि कोलकाताको सभामा ठाउँ पाएको रिपोर्ट छैन।

खासगरी तीन वर्ष भन्दा धेर राजनैतिक मैदान छोडेर दार्जिलिङवाट अदृश्य भएपछि अचानक दसैंअघि कोलकातामा देखापरी पत्रकार सम्मेलनमा वोल्दै विमल गुरुङद्वारा भाजपालाई डिभोर्स दिएको घोषणा र तृणमूल कांग्रेसलाई समर्थन दिने घोषणा गरेका थिए। परिणामस्वरूप विनय खेमा र विमल खेमाका सुप्त अवस्थामा रहेका समर्थकहरूले जिन्दाबादको‌ मार्च पास यति जोरतोरले शुरू गरे कि पहाडका कुइनेटा र गलछेंडाहरूमा मोर्चा एक-दुई माझ ठोक्किने खतरा वढेर गयो अनि कथंकाल एक्सीडेण्ड भएको खण्डमा अस्पताल लान भाजपा एम्बुलेन्स लिएर तयार बसेकोले तृणमूल प्रमुख तथा मुख्य मन्त्री ममता ब्यानर्जीले विनय र अनितलाई हिजो कोलकाता बोलाइ वैठक गरेकी थिइन् ।जसमा प्रशासनिक बागडोर विनय -अनितलाई अझ बढी पावर सुम्पिएकोले मोर्चा दुई शिविर खुशीमा झुम्मिएका देखिन्छ।

अर्को तर्फ ममता बनर्जीलाई फेरि पनि मुख्य मन्त्री भएका हेर्न चाहन्छु भन्ने विमललाई प्रशासनिक अंश वण्डाको त कुरै छैन हिजोको हाइ भोल्टेज मिटिङमा तिनलाई बिलो पनि भाग लगाइएन।

‌तथापि गतिशील राजनीतिको‌ नदीमा कहिले काँही सूनामी चल्दा ह्ववेल माछा पनि किनार लाग्न बाध्य हुन्छ यसो हुँदा सो माछालाई पनि अक्सीजनको खांचो पर्दछ। त्यस्तै राज्यको तृणमूल सरकारले जताबाट भए पनि अक्सीजनको जोगाढ गर्दैछ किनकि 2019 को लोकसभामा भाजपाले तर्साउने काम गरिसकेको छ।

यस्तो अवस्थामा सन्तुलित ढंगमा विमललाई काममा लगाउन तृणमूल अग्रसर हुन्छ भन्ने कुरा पर्यवेक्षकहरू वताउँछन् साथै जसरी भए पनि भाजपालाई रोक्ने रणनीति वनाउन मुख्य मन्त्री ममता बनर्जी र पीके चाँडै वैठक वस्ने भएको रिपोर्ट प्रकाशित छ।


विमल कहाँ छन् त, चासोको विषय?

दसैं अघि प्रेस ‌कन्फरेन्समा एनडीएलाई डिभोर्स दिने घोषणा र तृणमूल कांग्रेसलाई समर्थन भनेर आफ्नो बयान दिएर कोलकाताबाट विमल ‌कता हानिए त? सवैको निम्ति चासोको विषय वनिएको छ।

आजको प्रकाशित खबर अनुसार विमल 24 परगनामा छन् र तृणमूल का केही हेविवेट नेताहरु संग तिनी टचमा रहेका छन्।

तथापि केन्द्रीय गुप्तचर विभागले विषयमाथि नजर राखिराखेको सूत्रले बताएको छ। हिजोको मिटिङमाथि पनि विमलले गिद्धे नजर राखिराखेका थिए किनभने तिनको राजनैतिक भाग्यको कुरा पनि सो सभामा लुकेको थियो। 

प्रधान  सम्पादक - कलम - सिडियो नेटवर्क




Leave comment