CDOLIVE.IN

  Wednesday , November 22 , 2017 8:28PM


गोर्खा जन कल्याण पार्टीले गोर्खाल्याण्ड मागको पोस्टर

post_image
गोर्खा जन कल्याण पार्टीले गोर्खाल्याण्डको मागको पोस्टर लगायो

डुवर्स 23 अप्रैल- गोर्खाल्याण्डको माग गोर्खा प्रदेशले उठ्न थालेको छ। गोर्खा प्रदेशको माग लिएर अस्तित्वमा आएको गोर्खा जन कल्याण पार्टीले बङ्गालमा हामी बस्दैनौँ, अलग राज्य गोर्खा प्रदेश चाहिन्छ भन्दै पहाड़ र सिलगढ़ी क्षेत्रमा टाँसिएका पोस्टरहरु जयगाउँमा पनि देखिएको छ।

आइतवार गोर्खा जन कल्याण पार्टीका कार्यकर्ताहरुले बङ्गालबाट अलग गोर्खा प्रदेशको मागमा दिवाल भरि पोस्टरहरु टाँसेको देख्नपाइको छ। गोजपाका केन्द्रीय अध्यक्ष कृष्ण छेत्री जानकारी दिए गोर्खा जन कल्याण पार्टीले जन सम्पर्क अभियान अन्तर्गत दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी र अलिपुरद्वारको गोर्खा बाहुल क्षेत्रमा पोस्टर टाँस्ने को जानकारी दिए। मानिसका भनाईमा गोर्खाल्याण्डको दाबी लिएर केन्द्रमा कुराकानी चलि रहेको सुन्न आएको बेला गोर्खा प्रदेशकोले हामी बीचमा विभाजनको निम्ति गर्नलाई त होइन आशङ्का ब्यक्त गरेका छन्। 26 अप्रेलको दिन पार्टीको बैठकमा भावी कार्यक्रमबारे निर्णय लिइने गोजपा अध्यक्ष कृष्ण छेत्रीले जनाएका छन्। गोजमुमो डुवर्स नेता रोहित थापाले गोर्खाल्याण्डको मुद्दा दिल्लीमा पुगेको बेला गोर्खाहरुलाई विभाजन गराउन सत्तारूढ़ पार्टीले षड़्यन्त्र गरेको आरोप लगाएका छन्।




Leave comment