CDOLIVE.IN

  Tuesday , February 19 , 2019 7:05AM


नगरकट्टा भानु सांस्कृतिक संघको नयाँ सदस्य गठन

post_image
नगरकट्टा भानु सांस्कृतिक संघको सातौँ वार्षीक बैठकमा नयाँ सदस्य चयन गर्दै

नगरकट्टा 8 मई- नगरकट्टा भानु सांस्कृतिक संघको सातौँ वार्षीक बैठक नगरकट्टाको हिन्दी हाईस्कूलको सभाकक्षमा सम्पन्न भयो। साहित्यकार तथा बैकुण्ठपुर पत्रिकाका सम्पादक भानुप्रकाश मार्मिकको विशेष उपस्थिति साथै मिरिक कलेजका प्राध्यापक विक्रम राई, चमर्ची हिन्दी हाई स्कूलका शिक्षक राजेश प्रधान अनि लुकसान हिन्दी हाई स्कूल शिक्षक जनार्दन थापाको पनि उपस्थिति रहेको थियो। 1976 मा स्थापना गरिएको डुवर्सको माउ संस्थाको रूपमा परिचित भानु सांस्कृतिक संघले समय-समयमा विभिन्न प्रकारको साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरू गर्दै आइएरहेको छ। यस संस्थाले यस क्षेत्रमा दुईवटा ऐतिहासिक कार्य सम्पन्न गरिसकेको पनि आयोजक समितिले बताए। जसमा जलढाका पुल नजिक भानुभक्त आचार्य अनि रवीन्द्रनाथ टेगोरको मूर्ति स्थापना गरिएको छ। साधारण सभामा पुरानो कमिटी विघटन गरि नयाँ 16 सदस्य समितिको चयन गरिएको जनकारी दिएका छन्।




Leave comment