CDOLIVE.IN

  Wednesday , November 22 , 2017 8:28PM


सिक्किमका मुख्यमन्त्रीलाई जीवनकालीन पुरस्कारले सम्मानित

post_image
विख्यात पूर्वउपराष्ट्रपति भैरवसिंह शेखावतको स्मरणमा पवन चामलिङलाई जीवनकालीन पुरस्कारले सम्मानित गर्दै

जयपुर 15 मई - राज्य सिक्किमका मुख्यमन्त्री पवन चामलिङलाई सोमबार गुलाबी शहर जयपुरमा विख्यात पूर्वउपराष्ट्रपति भैरवसिंह शेखावतको स्मरणमा दिइने प्रतिष्ठित जीवनकालीन पुरस्कारले सम्मानित गरियो। पवन चामलिङलाई पुरस्कार महामहिम राष्ट्रपति प्रणव मुखर्जीको समारोहबीच प्रदान गरियो। पूर्व उपराष्ट्रपति भैरवसिंह शेखावतको सातौं पुण्यतिथिको अवसरमा आयोजित स्मृति समारोहमा आफ्नो राजनीतिकको शिखरको कुशलताले मुख्यमन्त्री चामलिङलाई प्रशस्तीसँगै पूर्णकालिन पुरष्कारद्वारा सम्मानित गरियो। देशका सुयोग्य उपराष्ट्रपतिमध्ये एक भैरवसिंह शेखावतको कार्यकाल र कार्यक्षमताबारे यस समारोहमा राष्ट्रपति मुखर्जीले व्याखान दिएका थिए भने कार्यक्रम जयपुरको बिडला सभागारमा आयोजित भएको थियो। केहि दिनअघिनै सन्चारमाध्यम मार्फत यो खबर प्रकासमा आएपछि राज्यभर हर्कबडाई छाएको थियो। अधिकांश व्यक्ति र समुहले सही कामको सही मूल्याङ्कन भन्दै पुरस्कार प्रापक चामलिङलाई बधाई टक्राएका थिए। सिक्किमेली धर्तीमा गत तीन दशकदेखि राजनीति गर्दै आइरहेका मुख्यमन्त्री चामलिङले हिमाली राज्य सिक्किममा प्रजातन्त्र, विकास, शान्ति र सुशासनको एक नमूना राज्यको रूपमा उभ्याएका छन्। एजेन्सी




Leave comment