CDOLIVE.IN

  Monday , September 25 , 2017 11:42AM


सिलगढीस्थित अशिघर इलाकामा हत्याको अभियोग

post_image

सिलगढी 23 जनवरी - सिलगढीस्थित अशिघर इलाकामा सधै कुटपिट र पैसा मागी रने भएको कारण त्यस व्यक्तिको हत्या गरेकोमा हलचल मचिएको छ। घटनापछि मृत व्यक्तिका आमा, बहिनी अनि पत्नीलाई अशिघर पुलिसले पक्राउ गरेको छ। मृत व्यक्तिको नाम गोविन्द दास उमेर 30 वर्षीय रहेको पुलिस सूत्रले बताएको छ। पेशाले माछा व्यवसायी रहेको हो, राति घर फर्किँदा रक्सी खाएर आउने गरेको अनि आफ्नो घरमा सँधै झगडा गर्ने गरेको पनि सूत्रले बताएको छ। परिवारका सदस्यहरूसँग गोविन्दले सँधै मोटो रकम माग्ने गरेको पनि थाहालागेको छ। त्यसपछि घरका परिवारलाई पैसा मांग्ने गर्थे नदिएको खण्डमा घरका सदस्यहरूसँग कुटपिट गर्ने गर्दथ्यो। गत केही दिनदेखि 30 हजार रुपियाँको दाबी गर्दै मृत व्यक्ति गोविन्द दासले आफ्ना पितासँग झगडा गरिरहेको थियो।

हिजो राति मातेर तिनी घर फर्किएका थिए। उक्त समयमा घरमा पिता नभएको मौका छोपेर उसले परिवारका सदस्यहरूसँग झगडा शुरु गर्‍यो। यसै समय पासो लगाएर आत्महत्या गर्न खोजेको पनि परिवार पक्षले बताएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार परिवारका सदस्यहरूले त्यस समय उसलाई रोकेको थियो। त्यसपछि उक्त डोरी गोविन्द दासको घाँटीमा कसेर उसको हत्या गरिएको पुलिसको भनाइ छ। घटनापछि दोरीलाई लुकाएर अशिघर पुलिस थानामा परिवारका सदस्यहरूले आत्महत्याको सूचना दिएका थिए। उनीहरूसँगको केरकारपछि परिवारका सदस्यहरूले सम्पूर्ण घटनाको खुलासा गरेका थिए। सोमवार मृतदेह पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल पठाइएको छ। मृतकका पितालाई पनि पुलिसले थानामा बोलाएर केरकार गरिरहेको छ। मृतककी पत्नी जोत्सना दासले पतिको हत्या गरेको स्वीकार गरेकी छिन् हिजो राति पासो लगाएर आत्महत्या गर्ने कोशिश गरेको र आफूहरूले विरोध गर्दा आफूमाथि कुटपिट गरेको त्यसै समय उनको मृत्यु भएको तिनले बताएकी छन्।




Leave comment